PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

शिक्षामन्त्रीको प्रश्न : केसीको कुरामात्रै मानेर जाने भए संसदको औचित्य के?  



शिक्षामन्त्रीको प्रश्न : केसीको कुरामात्रै मानेर जाने भए संसदको औचित्य के?  

काठमाडौं: शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सहमति नभए प्रक्रियाबाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने चेतावनी दिएका छन्।

आज राष्ट्रिय सभामा मन्त्री पोखरेलले भने,‘साझा सहमति भयो भने ठिकै छ भएन भने विधि प्रक्रियाबाट हुन्छ। अहिलेको मर्मका आधारमा हिड्नु बाहेकको विकल्प छैन।’

अनसनरत डा.गोविन्द केसीको समर्थनमा कांग्रेसले राष्ट्रिय सभामा दर्ता गराएको जरुरी सार्वजनिक महत्वका प्रस्तावमाथिको छलफलका क्रममा मन्त्री पोखरेलले आयोग बनाएर समस्या समाधान गर्नुको विकल्पसमेत नरहेको बताए।

‘अनसन बस्ने होइन आयोगमा राम्रो मान्छे ल्याएर काम गर्नु पर्छ। परिस्थिति फरक छ,’ पोखरेलले भने,‘केसीले भन्ने कुरा मात्रै मानेर जाने भनेपछि यो संसदको औचित्य के हुन्छ?’ 

प्रतिपक्षी कांग्रेसप्रति लक्षित गर्दै पोखरेलले भने,‘टिआरसीका लागि नियम निलम्बन गर्न मिल्ने तर चिकित्सा अध्यादेशका बारेमा किन नमिल्ने? कांग्रेसले नर्मल प्रक्रियाबाट विधेयक ल्याउन भने सोही अनुसार हामीले ल्यायौं। हामीले दम्भ देखाएको होइन। त्यो दिन पास हुन सक्थ्यो। तर मैले भने नियम निलम्बन गरेर प्रतिस्थापनसहितको विधेयक पारित नगरौं भनेको थिएँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell