PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

गुफामा फसेका सबैको सकुशल उद्धार, रसियामा विश्वकप हेर्न जान नपाउने!



गुफामा फसेका सबैको सकुशल उद्धार, रसियामा विश्वकप हेर्न जान नपाउने!
फोटो: dailymail

बैंककः थाइल्याण्डको थाम लुङ गुफामा थुनिएका १२ बालक तथा उनका फुटबल कोचको सकुशल उद्धार गएिको छ। 

थाइल्याण्डको वाइल्ड बोअर फुटबल क्लबका ११ वर्षदेखि १६ वर्ष उमेर समूहका खेलाडीहरु १८ दिनदेखि गुफामा थुनिएका थिए। उनीहरु सबैलाई मंगलबा साँझ सम्म उद्धार गरिसकिएको थाइ नेभी सिलले जनाएको छ। 

त्यस्तै उनीहरुका लागि उद्धारमा गएका चार गोताखोर र चिकित्सकको पर्खाई गरिरहेको बताइएको छ। 

गुफामा फसेका मध्ये ८ जना बालकहरुको उद्धारका आइतबार र सोमबार गरिएको थियो। आज विहानै देखि बाँकी रहेका पाँच जनाको उद्धारमा उद्धारकर्मीहरु खटिएका थिए। उद्धारमा खटिएका चिकित्सक र तीन नेभी सिलका सदस्यहरु अझै गुफाभित्र रहेको बीबीसीले जनाएको छ।
 
यी चार जना गत सोमबार बालकहरु फेला परेपछि उनीहरुसँगै यो ८ दिन गुफामै बसेका थिए। 

थाइल्याण्डका प्रधानमन्त्रीले उद्धार गरिएका बालकहरुको स्वस्थ्य उपचारर गरिरहेको बताएका छन्। 

यसैगरी रसियमा जारी विश्वकपमा फिफाले यो टोलीलाई निम्तो दिएकोमा स्वास्थ्य अवस्थ सुध्रन अझै कमजोर रहेकोले जान नसक्ने सम्भावना रहेको डेलीमेलले जनाएको छ। उनीहरुको उपचारमा संलग्न डाक्टरलाई उद्धृत गर्दै डेलीमेलले उनीहरु सामान्य अवस्थामा फर्कन अझै एक हप्ता लाग्ने उल्लेख गरेको छ। विश्वकप फाइनल पाँच दिन पछि आइतबार हुने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell