PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विश्वकप फाइनल हेर्दै हुनुहुन्छ? ध्यान दिनुहोला, हृदयघात हुनसक्छ !



विश्वकप फाइनल हेर्दै हुनुहुन्छ? ध्यान दिनुहोला, हृदयघात हुनसक्छ !

  • राचेल बेकर/द भर्ज
आज विश्वकपको फाइनल खेलमा फ्रान्सले क्रोएसियाको सामना गर्दैछ। विश्वकप आफैमा एउटा महाउत्सव हो। अरु बेला आफ्ना काममा व्यस्त रहने मानिसहरु पनि विश्वकपका बेला टेलिभिजन अगाडि आफ्नो फेभरेट टोलीको समर्थन गर्न छुट्याउँदैनन्। खेलको नतिजाबाट खेलाडी र समर्थकहरु सुखी, दुःखी र आक्रोसित हुनु सामान्य हो। विश्वकपको फाइनल खेलमा आज विश्वको नजर मस्कोको लुजनिकी स्टेडियममा रहने छ। उत्साह र उमंगबीच आज खेलको दौरान धेरैको मुटुका धड्कन बढ्ने निश्चित छ। 

कोलम्बिया र इंग्ल्यान्डको खेल पेनाल्टी सुटआउटमा सकिँदै गर्दा एप्पल वाचहरुले मुटुका धड्कनहरु बढेको देखाएको थियो। यस्तै क्रोएसिया र रसियाबीचको खेलमा भर्ज टेकका सम्पादक न्याट गरुनको फिटबिटले उनी खेल हेर्दै गर्दा उनको धड्कन एक मिनेटमा १०० पटक भन्दा बढी धड्केको रेकर्ड गरेको थियो।

उनले भनिन् 'त्यो निकै तनावपूर्ण खेल थियो। जब खेल पेनाल्टीमा गयो, म मेरो अनुहार समाउँदै बसेकी थिएँ।' पछिल्लो पटक उनी रोलर कोस्टरमा बस्दा उनको धड्कन त्यति बढेको उनले बताइन। यस्तै क्रोएसियामा जन्मेका भर्जका भिडियो निर्देशक भेजेरन पाभिकले क्रोएसिया र इंग्ल्यान्डबीचको सेमिफाइनल खेलको समयमा आफ्नो मुटुको धड्कन मिनेटमा ५० पटकभन्दा बढी धड्केको महसुस गरेका थिए। 

खेलकुद खेल्नेलार्इ मात्र नभएर हेर्नेहरुले पनि खेलका हरेक घट्नाक्रमसँगै आफैलार्इ त्यसै अनुरुप ढाल्दै लग्दछन्, त्यो एक किसिमको बानी जस्तै भइसक्यो। त्यसैले खेलको परिणामले खेल हेरिरहेका दर्शकहरुको स्वास्थ्यमा केही असर पार्न सक्छ। विज्ञहरुका अनुसार धेरै नतिजाहरु सकारात्मक हुन्छन्, जसले समर्थकहरुलार्इ एकताबद्ध बनाउँछ, अरु मान्छेहरुसँग सम्बन्ध बढाउँछ, र आफ्नो टोलीले जितेका समर्थकहरुको आत्मविश्वास बढाउँछ। 

तर त्यहाँ केही भावनात्मक कुराहरुले केही घटना निम्तिन सक्छ। युनिभर्सिटी अफ उथाह हेल्थ केयरका कार्डियोलोजिस्ट जोन रयानका अनुसार 'मानिसहरु एथलिटहरुको बारेमा धेरै चिन्तित हुन्छन्। तर म भने स्टेडियममा रहेका दर्शकका बारे चिन्तित हुन्छु। उनीहरुको शरीरमा पानीको मात्रा कम हुन्छ। उनीहरु मादक पदार्थ सेवन गरिरहेका हुन सक्छन्। उनीहरुको शरीरको तापक्रम बढिरहेको हुन्छ र उनीहरु धेरै तनावमा हुन्छन्।'

ती कुनै पनि स्वास्थ्यका लागि राम्रो हुँदैनन्। एप्पल वाच र फिटबिटको नतिजाका अनुसार खेलको समयमा सबैभन्दा जोखिममा रहने अंग हो हृदय। हृदयलार्इ धेरै समयसम्म प्रभावित गर्न सक्ने भनेको उच्च रक्तचाप, धूमपान र आलस्यता हो। तर मानसिक तनाव, प्राकृतिक प्रकोपले पनि हृदयघात हुन सक्छ। र अनुसन्धानबाट के फेला परेको छ भने तनावपूर्ण फुटबल खेल हेर्दै गर्दा पनि हृदयघात हुन सक्छ।

कार्डियोलोजिस्टहरुका अनुसार धेरै समयदेखि खेलकुद समर्थकहरुमा हृदयघातका घट्नाहरु भएको देखिन्छ। अझ पराजित हुने टोलीका समर्थकहरु यसको मुख्य सिकार हुने गरिएको पाइएको छ। 

१९९६ मा फ्रान्सले नेदरल्यान्डसलार्इ युरोपियन च्याम्पियनसिपमा पेनाल्टी सुटआउटमा पराजित गर्दै घर फर्काइदियो। त्यो दिन १४ जना नेडरल्यान्डसका समर्थकको हृदयघातका कारण मृत्यु भएको थियो। १९९८ मा विश्वकप क्वाटरफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलार्इ पेनाल्टी सुटआउटमा पराजित गर्दा ५५ जना भन्दा बढी इंग्ल्यान्डका समर्थकहरुलार्इ अस्पताल भर्ना गरिएको थियो। यी दुवै घटनामा अनुमान गरिएको भन्दा बढी नै हृदयघातका घटना भएका थिए। 

हन्टिङटन मेडिकल रिसर्च इन्स्टिच्युटको कार्डोभास्कुलर रिसर्चका निर्देशक रोबर्ट क्लोनर भन्छन्, ‘सायद यी तनावपूर्ण खेलहरूमा भावनात्मक प्रतिक्रियाहरूले हृदयको गतिलाई वृद्धि गर्दछ। ' 

उनले अमेरिकी फुटबल समर्थकहरुमा पनि सोही किसिमको प्रभाव परेको पत्ता लगाएका थिए। १९८० मा भएको सुपर बोउलमा पिटस्बुर्घ स्टिल्लर्सले लस एनजल्स रमास् लार्इ पराजति गरेको थियो। त्यसपछि लस एन्जलसका २२ प्रतिशत मानिसको हृदयघातका कारण मृत्यु भएको थियो। तर लस एन्जलसले वासिङ्टन टिमलार्इ १९८४ मा पराजित गर्दा मृत्यु हुनेको संख्यामा कमी आएको थियो। 

तर यस्ता अनुसन्धानबाट आएका नतिजाले समर्थकहरुमा भने कमै प्रभाव परेको भन्छन् क्लोनर। उनी भन्छन्, 'मलार्इ तिमी अमेरिकन होइन इत्यादि लेखेको हेट मेल आउँछन्।' 

क्लोनरले कसैलार्इ खेल नहेर्न भनेका छैनन् तर यदि कोही हृदय सम्बन्धी समस्याबाट पीडित छन् भने खेलले प्रभाव पार्न सक्छ। त्यसैले सावधानी अपनाएर खेल कसरी हेर्ने भनेर चिकित्सकसँग सल्लाह लिन उनको सुझाव छ। 


उथाह हेल्थ केयरका रयानका अनुसार युवाहरुले खेलकुद हेरेमा उनीहरु सक्रिय हुन्छन्, उनीहरुमा हृदयघातका सम्भावना धेरै हुँदैन। तर उनीहरुलार्इ पानी पिउन, धूमपान नगर्न, तनाव नलिन उनी सुझाव दिन्छन्। 

किन त खेलका दौरान त्यस्तो कडा भावनाहरुको सिर्जना हुन्छ?  इन्डियना युनिभर्सिटीमा प्रोफेसर इड ह्रिट भन्छन् 'जब मेरो टोलीले राम्रो गर्छ, मलार्इ संसार महान् लाग्छ  र म खुसी र उत्तीर्ण भएको महसुस गर्छु र मेरो टोली पराजित हुँदा संसार नै अन्त्य भएको महसुस हुन्छ।'


कुट्चटाउन युनिभर्सिटीका प्रोफेसर ज्यासन ल्यानटरले समर्थकहरुको व्यवहारको अध्ययन गरेका छन्। उनी भन्छन्, 'समर्थकहरुले हामी विजयी भयौं भन्छन् किनभने हामी शब्दले उनीहरुमा सकारात्मक ऊर्जा र एकताको भावको विकास गर्छ।' तर कहिलेकाहीँ जितको खुसीमा उनीहरु उग्र व्यवहार प्रस्तुत गर्दछन्। उनीहरु बसलार्इ हानी पुर्याहउँछन्, सडकमा रहेका कुरा फुटाउँछन्, तोडफोड गर्दै आफ्नै शहरमा प्रदर्शन गर्दछन्।

आफ्नो टोली जित्दा पनि समर्थकहरु उग्र हुने विषयमा ल्यानटर भन्छन् 'यो एक खुशीको क्षण हुनुपर्छ, विनाशकारी क्षण होइन।' वैज्ञानिकहरु यसको कारण पत्ता लगाउन कोसिस गरिरहेको उनको भनाइ छ। 

२०११ मा जर्नल अफ स्पोर्टस बिहेभियरमा प्रकाशित लेखमा साधारण समर्थकहरुको भन्दा एउटै टोलीको कट्टर समर्थकहरुको व्यवहार उग्र हुने देखाएको थियो। ल्यानटरलेका अनुसार अत्याधिक मादक पदार्थ सेवन र आफ्नो टोलीले जितेको क्षणमा मानिसहरुको व्यवहार नकरात्मक हुँदै जान सक्छ। 


वास्तवमा, प्रशंसकहरुले खेलको समय र त्यसपश्चात् सकारात्मक व्यवहार देखाउन सक्छन्। तर विभिन्न अनुसन्धानबाट खेलकुदका कारण हृदयघातका साथै कोहीले त आफ्नो परिवारलाई चोटसम्म पुर्यााएका घटनाहरु सार्वजनिक भएको छ। 

आफ्नो टोलीको प्रदर्शनबाट दर्शकहरुमा प्रभाव त अवश्य पर्छ। फ्रान्स र बेल्जियमको खेलमा फ्रान्सका गोलकिपरले बेल्जियमको प्रहार रोक्दा एक बेल्जियम समर्थक रिसाउँदै चिच्यायो र त्यो प्रहार रिप्ले गर्दै हेर्दै बस्यो। इन्डियाना युनिभर्सिटीका वाल्टर ग्यान्टज भन्छन् 'प्रशंसकहरूले खेल मनोरञ्जनको लागि हेर्छन, तनावको लागि, तनावबाट मुक्त हुन हेर्छन्। उत्साहका लागि हेर्छन, ती सबै धेरै सन्तोषजनक अनुभवहरू हुन्।'

(द भर्जमा प्रकाशित सामग्रीको भावानुवाद)


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell