PahiloPost

May 30, 2025 | १७ जेठ २०८२

अस्पतालभित्रै प्रहरी प्रवेश गरी कुटपिट र झडप निन्दनीय : मानवअधिकार आयोग



अस्पतालभित्रै प्रहरी प्रवेश गरी कुटपिट र झडप निन्दनीय : मानवअधिकार आयोग

काठमाडौँ : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. गोविन्द केसीलाई काठमाडौँ लैजाने क्रममा अस्पताल भवन भित्रै प्रहरी प्रवेश गरी कुटपिट गर्नु, झडप भई अस्पताल भवन लगायत स्वास्थ्य उपकरणहरुमा क्षति पुग्नुलाई राष्ट्रिय मानवअधिकार आयोगले निन्दनीय कार्य भनेको छ। 

झडपका क्रममा तीन जना चिकित्सक, एक जना प्रहरीसहित केही विद्यार्थी र नर्सहरु घाइते भएका थिए।

आयोगकी प्रवक्ता मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा अन्धाधुन्ध लाठी प्रहार भइरहँदा त्यस्तो परिस्थितिलाई रोक्न नेपाल सरकारका गृह सचिवमार्फत् आयोगले तत्कालै निर्देशन दिएको पनि उल्लेख छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell