म सराेज शाही। घर जुम्ला नै हाे। जुम्ला सिभिल साेसाइटीकाे सचिव नि हुँ। डाक्टर गाेविन्द केसीकाे अनसन सुरु दिनदेखि नै हेरिररहेकाे छु। फ्रिलेन्स फाेटाेग्राफर भएकाले दिनकै गइरहेकाे हुन्छु।
अाज जे भाे अत्ति नराम्राे भाे। प्रहरी प्रशासनले यति धेरै ज्यादति गर्ला भन्ने सायदै कसैले साेचेकाे थियाे हाेला। हुन त डाक्टर केसी अाएकै दिन उनी माथि ज्यादती भयाे। पत्रकार सम्मेलन गरेर अनसन सुरू गर्ने भन्दाभन्दै उनलाई पक्राउ गरियाे। फाेहाेर ठाउँमा राखियाे। अस्पताल सार्न हामीले अाग्रह गर्दा डाक्टर नढलेसम्म अस्पताल नलानु भन्ने माथिकाे अादेश छ भन्ने घृणित अभिव्यक्ति दिइयाे। डा केसी अाएदेखि यहाँकाे प्रशासनले डाेमिनेट गरिराछ उहाँलाई।
अाजकाे कुरा गर्ने हाे भने झनै ज्यादति भयाे। प्रहरी प्रशासनले यति धेरै गिरेर काम गर्छ भन्ने कसैले साेचेकाे थिएन। डाक्टर केसीलाई काठमाडौं लान यहाँ राजनीति मात्र हैन अपराध भयाे।
साढे नाै बजे सेनाकाे हेलिकफ्टर अाएदेखि बजार तनावग्रस्त थियो। जिल्लाभरिकाे प्रहरीले अस्पताल घेरिराखेका थिए। साढे चार सयभन्दा बढी थिए , सबैसँग साथमा हतियार थियाे। उनीहरूकाे तयारी हेर्दा लाग्थ्याे, यहाँ केही अनिष्ट हुँदै छ। नभन्दै भयाे त्यस्तै।
त्यति धेरै प्रहरी देखेपछि जनता डराए। तनाव सुरू भयाे। अब के हुने हाे भन्ने पिर पर्न थाल्यो। ज्यानकाे माया त छँदैथियाे, डाक्टर केसीकाे माया पनि उस्तै धेरै। अरू मुद्दामा विभाजित भएपनि डा केसीकाे मुद्दामा जुम्लावासी एक थिए। सबैकाे धारणा डा केसीकाे माग जायज छन र पूरा हुनुपर्छ भन्ने थियाे। साेही कारण डाक्टर साबलाई बचाउनुर पर्छ भनेर महिलाहरू भेला भए। युवा भेला भइरहे । प्रहरी देखेर मानिसहरू अाक्राेशित पनि भए। त्यसपछि हाम्राे मुख्यमन्त्री र गृहमन्त्री अस्पताल अाए। झनै माहौल तातियाे। नाराबाजी सुरू भयाे। यत्राे हुदाँसम्म सरकारले किन केही गरेन भनेर उनीहरूलाई प्रश्न गर्यो। प्रहरीले भित्र रहेका विद्यार्थीलाई थुनेकाले उनीहरू अाक्राेशित थिए। मेन गेट नै बन्द गरिदिएकाे थियाे। सोही कारण पनि उनीहरूले हाम्रो मुख्यमन्त्रीलाई भित्र छिर्न दिएनन्। त्यसपछि उनीहरू फर्किए।
त्यसकाे १५ मिनेटपछि प्रहरीहरू फेरि अाए। विद्यार्थीहरूलाई लठ्ठी बर्साउन थाले। न बाटाे छाेड भनेका थिएन कुनै चेतावनी नै अाएकाे थियाे।
प्रहरीले विद्यार्थीलाई कुट्न थालेपछि भागाभाग भयाे। मेन गेटकाे अपाेजिटमा पनि ठूलाे संङ्ख्यामा मानिसहरु थिए। सर्वसाधारण भन्ने ठानेकाे सिभिल ड्रेसका प्रहरी रहेछन, पछि याे कुराकाे पर्दाफास भयाे। उत्तरतिरकाे गेटमा सिभिल ड्रेसकाे प्रहरीकाे क्याप्चर थियाे। मेनगेटबाट छिरेर त्यताबाट निकाल्ने रणनीति रहेछ उनीहरूकाे। त्यतातिर अाफ्नाे मान्छे राखेर अपांगमैत्री गेटबाट निकाल्न प्लान बनाएका रहेछन्। विद्यार्थीहरू धेरै घाइते भएपछि उनीहरू पनि अाक्राेशित भए। प्रतिकार गर्न थाले। डेस्क बेन्चले हान्न थाले। घाइते विद्यार्थीहरूलाई टप फ्लाेरमा राखिएकाे थियाे।अरू विद्यार्थी लुक्ने ठाउँ खाेजिरहेका थिए। त्यतिकैमा प्रहरीले माइकिङ गर्यो, हाम्राे जवानकाे झडपमा परेर मृत्यु भयाे।
हामी स्तब्ध भयाै। म आफै फाेटाे खिचिरहँदा विद्यार्थीले पिटाई खाइरहेका थिए। प्रहरीलाई प्रतिकार गर्न सक्ने उनीहरूकाे अवस्था थिएन। तर प्रहरीले गलत माइकिङ गरे। हामीले पछि थाहा पायाैँ त्याे प्रहरीकाे रणनीति रहेछ। डाक्टर केसीलाई जुनसुकै हालतमा निकाल्ने प्लान रहेछ उनीहरूकाे। सोही कारण उनीहरू अाफैले प्रहरीलाई घाइते बनाएछन्। हामीले विद्यार्थी भनेकाे मानिस त सिभिल ड्रेसका त प्रहरी रहेछन्। उनीहरूलाई विद्यार्थीले हानेकाा हैनन् भन्ने कन्फर्म छ। किनकि उनीहरू तल्लाे तल्लामा थिए, विद्यार्थी दाेस्राे तल्लामा, झडप पनि दोस्राे तल्लामा नै भएकाे थियाे। पछि थाहा पायाैँ डा केसीलाई इमोसनल ब्लाकमेल गर्ने प्लान रहेछ।
त्यसरी प्रहरी मरेकाे भनेर माइकिङ भएपछि भिड शान्त भाे। म भने फाेटाे खिचिरहेकाे थिएँ। मैले पनि प्रहरीकाे लाठी खाएँ, धेरै हैन थाेरै। त्यतिबेला १२ जना विद्यार्थी घाइते भएकाे मैले देखेँ। १० जना सर्वसाधारण सामान्य घाइते भएका थिए। प्रहरीका मैले देख्दा २ जना घाइते थिए। भागाभाग र लुकालुकपछि भिड साम्य भाे। त्यसपछि मेडिकल डाइरेक्टर, भिसी प्रहरीले बाहिरै छलफल गरे। नारा जुलुस चाहिँ अझै चलिरहेकाे थियाे। सर्वेन्द्र खनाल पनि पुगेका रहेछन। उनकै निर्देशनमा त्यस्ताे भएकाे भन्ने अनुमान भयाे सबैकाे। प्रहरी जवान मरेकाे भन्ने खबर पाएपछि डाक्टर केसीले पत्रकार सम्मेलन गरे। उहाँ रून थाल्नु भाे। मैले यस्ताे क्षति हाेस् भन्ने चाहेकै थिइन। यहाँकाे जनतालाई सास्ती हुन्छ भने म जान तयार छु। सबैलाई धन्यवाद सहयाेग गर्नुभाे भन्दै रूनुभाे। नाराबाजी भइरहेकाे थियो। जनता डाक्टर केसीलाई लान दिन्नाै भनिरहेका थिए।
त्यहीबेला डिएसपी तपन दहालले डाक्टर केसीलाई लान नदिए जे पनि हुन सक्छ भनेर माइकिङ गरे। अश्रु ग्यास छाेडे। त्यसकाे रेकर्ड पनि छ हामीसँग। पहिला प्रहरी जवान मर्यो भनेकाे रेकर्ड नि छ हामीसँग। त्यसपछि झनै भागाभाग भयाे। त्यतिबेला ३ जना डाक्टर पनि घाइते भए।५ जना स्थानीयलाई इमर्जेन्सीमा उपचार गरियो । पुलिसले विद्यार्थी छानी छानी लाठी हानेकाे थियाे। त्यसपछि डाक्टर साबलाई अस्पतालबाट निकालियो। स्ट्रेचरमा हालेर छाेटाे बाटाे लगिएछ धेरैले थाहै पाएनन। लामाे बाटाे अबरुद्ध थियाे। टायर बालिएकाे थियोे । बिहानदेखि नै तनावग्रस्त नै थियाे। जुम्लाबासीले डाक्टर साबलाई लान नदिने भन्ने विचार गरेका थिए। तर डाक्टर केसीकाे अाग्रह र प्रहरीले ज्यादती गरेपछि त्यही राख्न सकेनन। अन्तिमसम्म प्रयास भने नगरेका हाेइनन। बाटाे लाँदा नि ढुंगामुडा भएछ। एम्बुलेन्सकाे सिसा फुटेछ। त्यसपछि सेनाकाे ब्यारेक भगवती दल गणमा लगियो उहाँलाई। हामी जान पाएनाै त्यहाँ केही क्षणमा हेलिकप्टर उड्याे।
हामीले डाक्टर केसीलाई सकेसम्म सहयाेग गर्यौँ। तर उहाँकाे माग पूरा गराउन सकेनाैँ। एक व्यक्तिप्रति पूरै सरकार लाग्याे। डाक्टर केसीलाई बदनाम गराउन, विद्यार्थीहरुकाे बदनाम गराउन उनीहरू अाक्रामक भएर प्रस्तुत भए। तर सकेनन। उनीहरूकाे पाेल एक पछि अर्काे गर्दै खुल्दै जान्छ। किनकि उनीहरू डाक्टर केसीलाई लान जुनसुकै मूल्य चुकाउन तयार भएर अाएका थिए। उनीहरूकाे ज्यादति, रवैया, लाठिचार्ज सम्झँदा कुनै युद्धको याद अाइरहेको छ।
(प्रत्यक्षदर्शी सरोज शाहीसित पहिलोपोस्टका लागि सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित)