PahiloPost

Dec 24, 2025 | ९ पुष २०८२

इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता खेल्न ४ नेपाली खेलाडी भारततर्फ



इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता खेल्न ४ नेपाली खेलाडी भारततर्फ

काठमाडौँ : इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार भारतको पुना प्रस्थान गरेको छ।

अगष्ट ९ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा नेपालका प्रफुल महर्जन, रुकेश महर्जन, प्रिन्स दाहाल र पविन लिङथेपले प्रतिस्पर्धा गर्ने छन्।

मेघराज कठायतले प्रशिक्षक तथा व्यवस्थापक दुवैको भूमिका निर्वाह गर्नेछन्।

१६ राष्ट्रको सहभागिता रहने प्रतियोगितामा नेपालले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठले जनाएका छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य वीरेन्द्र श्रेष्ठ, राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिम रानाभाट, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले मंगलवार बिदाइ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell