PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

माई इन्भेस्टमेन्ट कम्पनीका सञ्चालक गजमेर पुर्पक्षका लागि जेल चलान



माई इन्भेस्टमेन्ट कम्पनीका सञ्चालक गजमेर पुर्पक्षका लागि जेल चलान

काठमाडौं : माइ इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेरलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठाएको छ।

सञ्चालक गजमेरविरुद्ध जिल्ला अदालत काठमाडौंमा ३ करोड रुपैयाँभन्दा बढी ठगी गरेको मुद्दा दर्ता भएको छ। अदालतको आदेशअनुसार गजमेरलाई थुनामा पठाइसकेको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी मोहनकुमार थापाले बताए।

२०७४ पुस २७ गतेदेखि गत वैशाख २३ गतेसम्म ८ जनाले मुद्दा दर्ता गराएका हुन्।

गत वैशाख २३ गते कास्की जिल्ला बस्ने भुषालजंग कुँवरले ७० लाख २३ हजार ५ सय रुपैयाँ बराबरको बिगो रकम सहित ठगी मुद्दा दर्ता गराएका हुन्।

कम्पनीविरुद्ध  ४५ लाख ५१ हजार रुपैयाँ बिगोसहित २०७४ पुस २८ गते सिन्धुलीका लोकहरि पौडेलले दिएको ठगी मुद्दा अदालतमा छ। वीरबहादुर गुरुङले पनि ३९ लाख रुपैयाँ बराबरको बिगो सहित मुद्दा दर्ता गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell