PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

वातावरणसम्बन्धी बालकथाका पाँच पुस्तक एकैसाथ विमोचन



वातावरणसम्बन्धी बालकथाका पाँच पुस्तक एकैसाथ विमोचन

काठमाडौं: वातावरणसँग सम्बन्धी पाँच बाल कथा एकैपटक विमोचन भएको छ। प्रमोद प्रधानको खैरो बकुल्ला, अनन्त वाग्लेको लिटिल डायनो, गंगादेवी कसजुको नागदहका माछा, मञ्जु ज्ञवालीको इम्जाको झस्को र विजयराज आचार्यको रंगीन विष शीर्षकका कथा एकैसाथ विमोचन भएको हो।

आज राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विमोचन गरेका हुन्। समूदायमा आधारित बाढी तथा हिमताल विष्फोटन जोखिम न्युनीकरणको सहयोगमा पुस्तक प्रकाशन भएको आयोजक संस्था बाल वाङमय तथा अनुसन्धान केन्द्रका अध्यक्ष विनय कसजुले जानकारी दिए। आयोजनामा जल तथा मौसम विज्ञान विभाग तथा युएनडिपी र विश्व वातावरण कोषकोसमेत संलग्नता रहेको थियो।

पुस्तकमा कलाकारहरु एकाराम सिंह, युवक श्रेष्ठ, रवीन्द्र मानन्धर, पल्पसा मानन्धर र अर्पिता शाक्यको चित्र रहेको छ। बदलिदो जलवायुबारे बालबालिकालाई सचेत बनाउन कथा लेखन तथा प्रकाशन गरेको आयोजक संस्थाहरुले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell