PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

प्रविधिको दुरुपयोगले जमिन मर्दैछ, सँगसँगै मान्छे पनि : शिक्षामन्त्री पोखरेल



प्रविधिको दुरुपयोगले जमिन मर्दैछ, सँगसँगै मान्छे पनि : शिक्षामन्त्री पोखरेल

काठमाडौं: शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रविधिको दुरुपयोगले किसानहरु समस्यामा परेको बताएका छन्। आज राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा वातावरणसम्बन्धी पुस्तक विमोचन गर्दै शिक्षामन्त्री पोखरेलले उक्त भनाई राखेका हुन्।

'केही दिन अघि क्यान्सर अस्पतालको रिपोर्टअनुसार सबैभन्दा धेरै किसानहरु क्यान्सरका रोगी भएका छन्। हामीले उत्पादनमा यस्तो प्रविधि प्रयोग गर्‍यौ। हामीले सेफ्टी प्रयोग गरेनौ। मास्क पनि लगाएनौ। यो प्रविधिको दुरुपयोग हो। यसले जमिनको जीवनसँगै मानिसको जीवन नष्ट हुँदैछ,' कार्यक्रममा उनले भने।

यसका लागि अर्ग्यानिक खेतीतर्फ नगइ नहुने मन्त्री पोखरेलको भनाई छ। यसको लागि शिक्षा आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले साहित्यमार्फत जगैदेखि समाजलाई सचेत पार्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell