PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

दोस्रो पाँचपोखरी हाफ म्यारथन भदौ १० मा हुँदै



दोस्रो पाँचपोखरी हाफ म्यारथन भदौ १० मा हुँदै
फोटो: प्रथम पाँचपोखरी ट्रेल रेसमा सहभागी।

काठमाडौं: सिन्धुपाल्चोकको पाँचपोखरी थाङपलधाप गाउँपालिकामा यसपटक पनि दौड प्रतियोगता हुने भएको छ। 

भदौ १० गते दोस्रो हाफ म्यारथन हुन लागेको आज पत्रकार सम्मेलन गरी जानकारी दिइयो। 'पर्यटन प्रवद्र्धनका लागि खेलकूद’ भन्ने मूल नाराका साथ पाँच पोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २४ किलोमिटर दौड हुने आयोजकले जनाएको छ। 

नाम दर्ताका लागि सो गाउँपालिकाका सबै वडा, क्षेत्रपालेश्वरी माध्यमिक विद्यालय तिपेनी, मेलम्ची क्याफे इन मेलम्ची बजार, जिल्ला खेलकूद विकास समिति सिन्धुपाल्चोक र गाउँपालिकाको फेसबुक पेजमा गएर फारम भर्न सकिनेछ। प्रतियोगितामा पहिलोलाई ५० हजार दोस्रोलाई ३० हजार र तेस्रो हुनेले २० हजार प्राप्त गर्ने सगरमाथा आरोही एवं कार्यक्रम संयोजक कान्छीमाया तामाङले जानकारी दिइन्। 

कार्यक्रममार्फत पाँचपोखरी, आमायाङ्ग्री, ड्रायागन गुफा, अबेली, रैथानेश्वरी, च्याङ्बोडाँडा लगायतका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा प्रचारप्रसार गर्नु रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। 

पहिलोपटक गत वर्ष साउन २३ गते पाँचपोखरी मेलाको अवसर पारी पवित्र तीर्थस्थल पाँचपोखरीमा आयोजना गरिएको २४ किलोमिटरको ट्रेल दौड कुलुङले २ घन्टा १७ मिनेटमा पुरा गरेका थिए। समुन्द्री सतहबाट ४१०० मिटरको उचाई पाँचपोखरीबाट ओरालो बाटो हुदैं थाङपालको रैथाने आइपुगी टुंगिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell