PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

आन्दोलनरत चिकित्सक संघलाई स्वास्थ्य मन्त्रालयमा छलफलको लागि निम्तो



आन्दोलनरत चिकित्सक संघलाई स्वास्थ्य मन्त्रालयमा छलफलको लागि निम्तो

काठमाडौः मुलुकी फौजदारी संहिता ऐन संसोधनको माग गर्दै आन्दोलनरत चिकित्सकहरुलाई वार्ताको लागि सरकारले बोलाएको छ। सोमवार बिहान स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवलले छलफलको लागि स्वास्थ्य मन्त्रालय बोलाएका हुन्।

नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले राज्यमन्त्री यादवले छलफलका लागि बोलाएको जानकारी दिए। अध्यक्ष श्रेष्ठले भने, '११ बजे स्वास्थ्य मन्त्रालय आउनु भनेर फोन आएको छ। विस्तृत कुरा केही भएको छैन।'

आइतबारबाट ओपिडी सेवा बन्द गरेका चिकित्सकहरुले  देशभरका अस्पतालमा प्रशासनिक काम बन्दको आह्वान गरेका हुन्। उनीहरुले हिजो नेपाल मेडिकल काउन्सिललाई लाइसेन्स बुझाउनुको साथै माइतीघर मण्डला प्रदर्शन समेत गरेका थिए।

भदौ १ गतेबाट आन्दोलन सुरु गर्ने भनेका डाक्टरहरुले कानुन मन्त्रालयले ऐन संसोधन गर्ने लिखित प्रतिबद्दता जनाएपछि १५ दिन आन्दोलन शुरु गरेका थिए । १५ दिनसम्म सरकारले केही सकरात्मक प्रतिक्रया नदिएपछि उनीहरुले आइतबारबाट आन्दोलन सुरु गरेका हुन्। आन्दोलन सुरु गरेको साँझ स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थामा हड्ताल गर्नेलाई कारवाही गर्ने समेत चेतावनी दिएको थियो।

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै विरोधमा उत्रेको संघले सरकारलाई दवाव दिन लाइसेन्स बुझाउने निर्णय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell