PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

साफ च्याम्पियनसिप : नेपालले आज पाकिस्तानसँग खेल्दै, यस्तो छ हेड टु हेड



गोविन्दराज नेपाल

साफ च्याम्पियनसिप : नेपालले आज पाकिस्तानसँग खेल्दै, यस्तो छ हेड टु हेड

काठमाडौँ : नेपालले आज पाकिस्तानसँग समूह चरणको पहिलो खेल खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ।

सन् १९९३ मा साफ गोल्ड कपको नामबाट सुरु भएको दक्षिण एसियाली फुटबल प्रतियोगिता सन् १९९७ बाट साफ च्याम्पियनसिपको नाममा हुन थालेको थियो। साफको नामबाट गणना गर्दा नवौँ र १९९३ बाट गणना गर्दा यो साफको १२औँ संस्करण हो

नेपालले अहिलेसम्म भएका सबै ११ संस्करण खेलेको छ तर पनि फाइनल भने पुग्न सकेको छैन। सेमिफाइनल नै नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि हो।

यस पटक युवा जोस र जाँगरसहित नेपाली टोली उपाधि जित्ने लक्ष्यका साथ बंगलादेशको ढाका पुगिसकेको छ।

उपाधि यात्रा सुरु गर्दा नेपालले सुरुमा पाकिस्तानको चुनौती पन्छाउनु पर्नेछ। नेपाल रहेको समूह ए मा आयोजक बंगलादेश र भुटान पनि छ।

इन्डोनेसियामा सम्पन्न एसियाडको फुटबलमा नेपाल यू-२३ लाई पाकिस्तानको यू-२३ ले २-१ ले पराजित गरेको थियो। त्यसमा दुबै टोलीमा २३ वर्षमाथिका ३ सिनियर खेलाडी थिए। त्यस बाहेक नेपाली टिममा कप्तान विराज महर्जन, भरत खवास, नवयुग श्रेष्ठ, सुजल श्रेष्ठ, विकेश कुथु जस्ता अन्य सिनियर खेलाडी थपिएका छन् भने मिडफिल्डर निराजन खड्काले ६ वर्षपछि राष्ट्रिय टिममा कमब्याक गरेका छन्। यस्तै सुमन अर्यालले पहिलोपटक सिनियर टोलीमा स्थान बनाएका छन्।

यस पटक जापानी प्रशिक्ष ग्योतुको कोजी ओभरस्टे र भिसा समस्याका कारण जापान फर्केपछि नेपालको प्रशिरुक्षणको जिम्मेवारी बालगोपाल महर्जनले पाएका छन्। उनकै भनाईमा नेपाली टोली यसपाली साफ उपाधिको लागि दाबेदार हो। त्यसको लागि तयारी पनि उस्तै छ र टिम सन्तुलित छ।

तर नेपालको समूहमा ४ टोली रहेका कारण सेमिफाइनल पुग्नका लागि चारै टोलीबीच प्रतिस्पर्धा हुने अपेक्षा छ। उता पाकिस्तान झण्डै तीन वर्ष पछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको छ र उसले एसियाडमा पनि राम्रो प्रदर्शन गरेको थियो।

ढाकामा भएको प्रिम्याच कन्फ्रेरेन्समा पनि प्रशिक्षक महर्जनले नेपालले उपाधि जित्नकै लागी खेल्ने बताएका छन्। उनले पहिलो लष्य सेमिफाइनल र त्यसपछि उपाधि रहेको बताएका थिए।

नेपाल र पाकिस्तान पछिल्लो पटक साफ मै भिडेका थिए। विमल घर्ती मगरले गोल गरेपछि सन् २०१३ मा काठमाडौँमै भएको साफमा नेपालले पाकिस्तानसँग १-१ को बराबरी खेलेको थियो।

 साफ च्याम्पियनसिपमा यी दुई टोली ६ पटक भिडेका जसमा नेपाल २ पटक विजयी हुँदा पाकिस्तानले एक खेल जितेको थियो। बाँकी ३ खेल भने बराबरीमै सकिएको थियो।

त्यसबाहेक दक्षिण एसियाली खेलकुदमा तीन पटक, मैत्रीपूर्ण खेलमा तीन पटक र काइजे आजम गोल्डकपमा तीन पटक भिडिसकेका छन्। पाकिस्तान र नेपाल अहिलेसम्म १५ पटक आमने सामने भएका छन्। जसमा दुवै टोलीले ५-५ पटक जित हात पार्दा ५ खेल भने बराबरीमा सकिएको थियो।


नेपाल भर्सेस पाकिस्तान
स्थान : बंगबन्धु नेशनल स्टेडियम, ढाका
समय : ३:४५ बजे दिउँसो नेपाली समयअनुसार

नेपाल vs पाकिस्तान हेड टु हेड

  • १९८५ काइदे आजाम पाकिस्तान १-० ले विजयी
  • १९८५ साफ गेम्स नेपाल ०-० पाकिस्तान
  • १९८६ काइदे आजम नेपाल २-० ले विजयी
  • १९८६ काइदे आजम पाकिस्तान ५-० ले विजयी
  • १९८९ साफ गेम्स नेपाल ०-० पाकिस्तान
  • १९९३ साफ च्याम्पियनसिप नेपाल १-१ पाकिस्तान
  • १९९५ साफ च्याम्पियनसिप नेपाल २-० ले विजयी
  • १९९७ साफ च्याम्पियनसिप नेपाल २-० ले पराजित
  • १९९९ साग गेम्स नेपाल ३-१ ले विजयी
  • २००८ मैत्रीपूर्ण नेपाल २-१ ले विजयी
  • २००८ मैत्रीपूर्ण नेपाल २-० ले पराजित
  • २००८ साफ च्याम्पियनसिप नेपाल ४-१ ले विजयी
  • २०११ साफ च्याम्पियनसिप नेपाल १-१ पाकिस्तान
  • २०१३ मैत्रीपूर्ण नेपाल १- ले पराजित
  • २०१३ साफ च्याम्पियनसिप नेपाल १-१ पाकिस्तान



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell