PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

पूर्व कप्तान राकेश श्रेष्ठ भन्छन् : बंगलादेश विरुद्ध नेपालको 'रियल टेष्ट' हुनेछ, उपाधि जित्न यी दुई 'फ्याक्टर' सुधार्नुपर्छ



गोविन्दराज नेपाल

पूर्व कप्तान राकेश श्रेष्ठ भन्छन् : बंगलादेश विरुद्ध नेपालको 'रियल टेष्ट' हुनेछ, उपाधि जित्न यी दुई 'फ्याक्टर' सुधार्नुपर्छ

काठमाडौँ : सत्य के हो भने नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन। दक्षिण एसियाली क्षेत्रमा नेपाल सधैँ साफ च्याम्पियनसिपको उपाधि दाबेदार भए पनि अहिलेसम्म फाइनलमा समेत पुग्न सकेको छैन।

सन् १९९३ मा साफ गोल्डकपको नामबाट सुरु भएको यस प्रतियोगितामा नेपाल चार पटक फाइनल पुग्नु नै अहिलेसम्मको राम्रो नतिजा हो।

साफ गोल्डकपसहित जोड्ने हो भने अहिले बंगलादेशमा १२ औँ साफ चलिरहेको छ र नेपालले समूह चरणको पहिलो दुई खेल खेलिसकेको छ। उपाधि जित्ने लक्ष्यसहित ढाका पुगेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग अन्तिम मिनेटमा गोल खाँदै हार बेहोर्‍यो। दोस्रो खेलमा पुनरागमन गर्दै भुटानलाई ४-० ले हरायो। सेमिफाइनल पुग्नका लागि नेपालले तेस्रो खेलमा घरेलु टोली बंगलादेशलाई हराउनै पर्नेछ।

बंगलादेशसँग खेल हुनुअघि नेपाली टोलीका पूर्व कप्तान राकेश श्रेष्ठले बंगलादेश विरुद्धको कसरी खेल्ने? नेपालको बलियो र कमजोर पक्ष के हो? भन्ने बारेमा पहिलोपोस्टसँग आफ्नो विचार यसरी राखेका छन्:

 

बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिपमा नेपाल पनि उपाधिको दाबेदारहरुमध्ये एक हो।

पाकिस्तानसँग फस्ट म्याचमा अन्फर्चुनेट्ली लास्ट मिनेटमा गोल खाएर नेपाल हार्‍यो। हिजो भुटानलाई जित्यो। राम्रो खेल्यो। अब रियल गेम भनेको बंगलादेशसँग हुनेछ। त्यो खेल जित्नैपर्ने हुन्छ। नेपाललाई त्यो खेल महत्वपूर्ण छ। बंगलादेश, नेपाल र पाकिस्तान जो पनि अगाडि जान सक्ने स्थिति छ।

त्यसले गर्दा नेपालका लागि पनि जित्नै पर्ने आवश्यकता छ। अर्को कुरा पाकिस्तान र भुटानको पहिलो म्याच छ। त्यसपछि नेपालको खेल छ। पहिलो खेलको नतिजा पछि एनालिसिस गरेर नेपालले त्यही अनुसार प्लान बनाउन सकिन्छ। नर्मल्ली लिगको सबै गेम एकै टाइममा हुन्थ्यो। साफमा त्यस्तो छैन, त्यसैले पनि नेपाललाई फाइदा छ।

यस पटक नेपाली टिममा दुई वटा कमजोरी छ। मैले स्ट्राइकरहरु अलि 'ल्याक' देखेको छु। स्ट्राइकर राम्रो भएको खण्डमा अपोनेन्टहरु पनि प्रेसरमा हुने र उनीहरुको कन्सन्ट्रेसन स्ट्राइकरमा हुने हुँदा अरुले पनि चान्सेस पाउँछ। त्यो चाहिँ नेपाली टिममा अली मैले अली कमी देखेको छु।

नेपालको टिम सेटमा पनि कम्प्याक्ट सेट अझै भएको जस्तो लाग्छ। सेट चाहिँ अझै मिलाउनुपर्छ। किनकि भुटानसँगको गेमलाई नै सबै कुरा मानेर बंगलादेशसँग खेल्दा त्यो चाहिँ जस्टीफाई हुँदैन। बंगलादेश र भुटानसँग खेल्दा फरक हुन्छ। बंगलादेश भुटानभन्दा धेरै राम्रो छ। खेलमा धेरै फरक पर्छ।

नेपाल पनि नराम्रो टिम चाहिँ होइन। राम्रो खेले जुन सुकै टिमलाई हराउन सक्छ नेपालले। अहिलेसम्म भएका खेलहरु हेर्दा कुनै पनि टिम त्यस्तो 'वाह' भन्न लायक छैन।

नेपाल पनि उपाधिको एक दाबेदार हो। तर, पाएको मौकालाई सद्पयोग गर्न चाहिँ पर्छ। त्यसो गर्न सकेको खण्डमा नेपालको पनि उपाधि जित्ने चान्स छ। मेरो विचारमा यस पटक नेपालले जित्छ जस्तो लाग्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell