PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

नेपाल पाँचौँपटक साफ च्याम्पियनसिपको सेमिफाइनलमा, घरेलु टोली बंगलादेश बाहिरियो



गोविन्दराज नेपाल

नेपाल पाँचौँपटक साफ च्याम्पियनसिपको सेमिफाइनलमा, घरेलु टोली बंगलादेश बाहिरियो
फोटो : हाम्रोखेलकुद

काठमाडौँ : नेपाल पाँचौ पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बंगलादेशमा भइरहेको साफ सुजुकी कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई नै २-० ले पारजित गरेपछि नेपाल समूह ए को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो।

हार वा बराबरीले पनि नेपालको साफ यात्रा समूह चरणबाटै समाप्त हुने थियो। तर नेपालले बंगलादेश विरुद्ध दुवै हाफमा एक-एक गोल गर्‍यो र २-० को शानदार जित हासिल गर्‍यो।

समूहको अन्तिम खेल खेल्नुअघि नेपाल र बंगलादेश फरक परिस्थतीबाट त्यहाँसम्म पुगेको थियो। घरेलु टोली बंगलादेश सुरुवाति दुई खेलमा कुनै गोल नखाई जित हात पारेर ६ अंक जोडेको थियो। उसलाई सेमिफाइनल पुग्न नेपाल विरुद्ध हार टारे मात्र पनि पर्याप्त थियो। यता नेपालको हकमा भने स्पष्ट जित खाँचो थियो।

पहिलो खेलमा अन्तिम मिनेटमा गोल खाएपछि पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा उत्कृष्ंट पुनरागमन गर्दै भुटानलाई ४-० ले हरायो। उक्त खेलमा जित हात पारेपछि आत्मविश्वासी देखिएको नेपालले तेस्रो तथा निर्णायक खेलमा घरेलु टोलीलाई हराएन मात्र। प्रतियोगिताबाट आउट नै गरिदियो।

समूह ए मा नेपाल, पाकिस्तान र बंगलादेशले समान ६ अंक जोडेपनि गोल अन्तरमा अगाडी रहदै नेपाल समूह विजेता बन्यो भने पाकिस्तान समूह उपविजेता बन्यो। नेपाल सन् २०१३ मा घरेलु मैदानमा भएको साफको सेमिफाइनल पुगेयता पहिलो पटक सेमिफाइनल पुगेको हो। उता पाकिस्तान पनि १३ वर्षपछि सेमिफाइनल पुगेको छ।

सन् १९९५ मा पहिलो पटक सेमिफाइनल पुगेको नेपालले १९९९ र २०११ मा पनि सेमिफाइनल खेलेको थियो। तैपनि नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन।

यसपटक त्यो कीर्तिमानलाई भंग गर्दै फाइनल पुगेर उपाधि जित्ने लक्ष्यसहित ढाका पुगेको नेपाल अब त्यो ऐतिहासिक उपलब्धीबाट २ खेल मात्र टाढा छ।

पछिल्लो पटक २०१३ मा घरेलु मैदामै सेमिफाइनल खेलेको नेपाल अफगानिस्तानसँग १-० ले पराजित हुँदै बाहिरिएको थियो भने २०१५ मा समूह चरणबाटै आउट भएको थियो। 

सन् १९९३ मा सार्क गोल्डकपको नामबाट सुरु भएको यस दक्षिण एसियाली फुटबल प्रतियोगिता १९९७ बाट साफ च्याम्पियनसिपको नाममा हुन थालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell