PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

साफ च्याम्पियनसिप :  प्रतियोगितामा धेरै गोल गर्ने नेपाल र गोल नै नगरेको माल्दिभ्सबीच भिडन्त



गोविन्दराज नेपाल

साफ च्याम्पियनसिप :  प्रतियोगितामा धेरै गोल गर्ने नेपाल र गोल नै नगरेको माल्दिभ्सबीच भिडन्त

काठमाडौँ : बंगलादेशमा भइरहेको १२औँ संस्करणको साफ च्याम्पियनसिपको सेमिफाइनल समिकरण पुरा भइसकेको छ। सेमिफाद्दइलमा पुग्ने चार टोलीमध्ये दुई पूर्व विजेता समेत हुन् भने दुई टोली पहिलो पटक फाइनल पुग्ने दाउमा छन्।

समूह बी बाट सेमिफाइनल पुगेका भारत सर्वाधिक ७ पटकको विजेता हो भने माल्दिभ्सले २००८ मा उपाधि जितेको थियो। समूह ए बाट सेमिफाइनल पुगेका नेपाल र पाकिस्तानले अहिलेसम्म उपाधि जित्न सकेको छैन।

पाकिस्तानले ३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेका कारण उसको लागि यो नै ठूलो उपलब्धी हुन सक्छ। तर नेपालको हकमा भने यतीले मात्र पुग्दैन। नेपाली टोली पहिलो पटक उपाधि जित्दै इतिहास रच्ने अभियानका साथ ढाका पुगेको हो।

त्यसका लागि सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई हराउनुपर्नेछ।

माल्दिभ्स त्यही टोली हो जो गोलपर्थामा भाग्यमानी बन्दै समूह बी बाट उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो। नेपाल भने समूहको दुई खेल जित्दै समूह ए को विजेता बनेर सेमिफाइनल पुगेको हो। पहिलो खेलमा पाकिस्तानसँग हारेपनि भुटानलाई ४-० र बंगलादेशलाई २-० ले हराएको नेपाल गोलअन्तरमा समूह विजेता बन्यो।

जारी प्रतियोगितामा समूहचरणमा सबैभन्दा धेरै गोल गर्ने टोली समेत नेपाल नै हो। उता माल्दिभ्सले भने एक गोल नै नगरी सेमिफाइनलमा स्थान बनाएको हो।

प्रतियोगितामा अहिलेसम्म भएको १९ गोलमध्ये नेपालले मात्र ७ गोल गरिसकेको छ। त्यसमा ६ फरक खेलाडीले गोल गरेका छन्। नेपालका विमल घर्ती मगरले दुई गोल गरिसकेका छन्। यस्तै  अनन्त तामाङ, सुनिल बल, निराजन खड्का, भरत खवास र नवयुग श्रेष्ठले एक-एक गोल गरेका छन्।

पहिलो खेलमा पाकिस्तानसँग हार्दा १ गोल गरेको नेपालले भुटानसँग ४ तथा बंगलादेशसँग २ गोल गर्‍यो। नेपालले खेलेका ३ मध्ये २ खेलमा क्लिनसिट राखेको छ।

नेपालले अहिलेसम्म ७ गोल गर्दा २ गोल मात्र खाएको छ।

माल्दिभ्सले भने पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलमा भारतको यू-२३ टोलीसँग २-० ले पराजित भएपछि माल्दिभ्स र श्रीलंकाको समान १ अंक भएको थियो। अंक, गोल अन्तर र हेड टु हेडमा समेत बराबर भएपछि गोलापर्थमा माल्दिभ्सले श्रीलंकालाई पछि पारेको हो। माल्दिभ्सले कुनै गोल गरेको छैन भने २ गोल खाएको छ।

यसरी हेर्दा नेपाल प्रतियोगितामा गोल गर्न सक्ने टोलीको रुपमा देखिएको छ।

 

नेपाल र माल्दिभ्सको सेमिफाइनल यात्रा

नेपाल:

नेपाल भर्सेस पाकिस्तान, १-२

नेपाल भर्सेस भुटान, ४-०

नेपाल भर्सेस बंगलादेश ,२-०

 

माल्दिभ्स:

माल्दिभ्स भर्सेस श्रीलंका, ०-०

माल्दिभ्स भर्से भारत, ०-२

 

हेड टु हेट इन साफ

नेपाल र माल्दिभ्स साफमा अहिलेसम्म ६ पटक भिडेका छन्। जसमा नेपाललले अहिलेसम्म जित हात पार्न सकेको छैन। माल्दिभ्सले ४ खेल जितेको छ। यी दुईबीचको साफ च्याम्पियनमा भएको पछिल्लो दुई भेटमा भने खेल भने बराबरी भएको थियो।

माल्दिभ्सले साफमा सहभागिता जनाको यसअघिको ९ वटै संस्करणमा सेमिफाइनल खेलेको थियो। सन् २००८ भने माल्दिभ्सले भारतलाई हराउँदै उपाधि जितेको थियो। त्यतिखेर साफ माल्दिभ्स र श्रीलंकामा भएको थियो।

नेपालको यसअघिको उत्कृष्ट नतिजा भनेकै सेमिफाइनल हो। यस पटक फाइनल पुग्दै उपाधि जित्ने लक्ष्य राखेको नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई हराउनुपर्नेछ। नेपालले पछिल्लो पटक सन् २०१३ मा ३रेलु मैदानमै सेमिफाइनल खेलेको थियो।

इतिहास माल्दिभ्सको पक्षमा रहेपनि वर्तमान नेपाली टोलीले बंगलादेशमा सुधारिएको प्रदर्शन गरिरहेको छ। नेपालले गोल गर्ने, पुनरागमन गर्ने विपक्षीलाज्ञ दबाबमा राख्ने सबै खालका काम गरिसकेको छ।

 

हेड टु हेड

कूल खेल : ६

माल्दिभ्स जित : ४

बराबरी : २

नेपाल जित : ०

 

१९९९ : नेपाल २-३ माल्दिभ्स (समूह चरण), नेपाल ०-२ माल्दिभ्स (तेस्रो स्थानको खेल)

२००३ : नेपाल २-३ माल्दिभ्स

२००८ : नेपाल १-४ माल्दिभ्स

२००९ : नेपाल १-१ माल्दिभ्स

२०११ : नेपाल १-१ माल्दिभ्स



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell