PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

टुबोर्गले गरायो अमेरिकी डिजे र डेनिस गायिकासँग लाउरे र विपुल क्षेत्रीको टिम अप



स्वेच्छा राउत

टुबोर्गले गरायो अमेरिकी डिजे र डेनिस गायिकासँग लाउरे र विपुल क्षेत्रीको टिम अप

काठमाडौं : अमेरिकाका चर्चित डिजे डिप्लो, डेनिस गायिका मोदेखि दार्जिलिङका विपुल क्षेत्री र नेपाली र्‍याप स्टार आशिष राना ‘लाउरे’ एकैपटक गुञ्जिए। टुबोर्गको प्रोमोसनल गीतमा संगीत क्षेत्रका चर्चित कलाकारहरुको 'टिम अप' भएको हो।

‘स्टे ओपेन’ नामको भिडियो सार्वजनिक भएको एक साता नबित्दै १२ लाख भन्दा बढीपटक हेरिएको छ। सार्वजनिक म्युजिक भिडियो सामान्य लाग्दैन। किनकि गीत र भिडियोमा गरिएको प्रयोग बन्दै आएका प्रोमोसनल गीतहरुको भन्दा फरक देखिन्छ।

प्रस्तुति मात्र होइन रेकर्डिङदेखि मेकिङसम्ममा विशेष शैली अपनाइएको छ। लाउरे र विपुलले गीतको नेपाली संस्करणमा दिएको सारङ्गीको धुन सहितको टच आकर्षक लाग्छ। नेपाली ट्र्याक र लिरिक्स यी दुई मिलेर तयार गरेका हुन्। व्यवसायिक प्रयोजनाका लागि बनाइएको सामाग्रीमा यसअघि कुनै पनि नेपाली कलाकारले सायदै अन्तर्राष्ट्रिय कलाकारसँग सहकार्य गरेका थिए। 



गीतको भिडियोमा लाउरे र विपुलसँगै मिस नेपाल इन्टरनेशनल २०१२ फिचर्ड छिन्। साथै एस्ट्रो फेमिलिको नृत्य पनि देख्न सकिन्छ। हाउस अफ फिल्मस् नामक इन्डियन कम्पनीले प्रस्तत गरेको उक्त अडियो भिडियो सामाग्रीलाई भारतीय फेसन मोडल निकेतन मधोकले निर्माण गरेका हुन्।

भिडियो डिरेक्टर पनि भारतीय हुन्। नाउ एण्ड देन, अन माइ वे, ब्रोक एएफ जस्ता सिरिज साथै फिल्म र डकुमेन्ट्री निर्देशन गर्दै आएकी जेसिका साधनाले भिडियो निर्देशन गरेकी हुन्। उनलाई अनुप सापकोटा र निभल बज्राचार्यले साथ दिए।

गीतको रोचक पक्ष के छ भने- सबै कलाकार र वाद्य वादनको तयारी र रेकर्डिङ फरक फरक ठाउँमा भएका छन्। विपुल क्षेत्रीले घरका स्टुडियो न्यु दिल्ली र लाउरेको रियाज स्टुडियो टीकापुरमा गीत रेकर्ड गराएका हुन्। गीतमा प्रयोग सारङ्गी किरण नेपालीले बजाएका छन्। जसलाई बज्र रेकर्डिङ स्टोडियो काठमाडौंमा रेकर्ड गरियो।

गत मार्चमा नै कोपेनहेगन पुगी नेपाली कलाकारहरुले मोसँग परियोजना बारे छलफल गरेका थिए।

गत वर्षदेखि नै टुवोर्ग ओपन अभियानमा संलग्न डिप्लोले विज्ञप्तिमार्फत भनेको छ, ’दोस्रो वर्षमा पनि सहभागि हुँदा निकै उत्साहित छु। यस वर्ष टुबोर्ग हामीमाँझ ‘ओपन टु मोर’ हुने विचारको साथ आएको छ। नयाँ ट्रयाकले व्यक्ति र नयाँ अनुभवहरुका लागि खुल्ला सोच हुनुपर्ने आवश्यकताबारे बोल्छ।‘

लाउरेले अन्तर्राष्ट्रिय तवरमा संगीतको काम गर्न पाउनुले आफ्नो व्यक्तिगत मात्र नभएर नेपाली संगीत क्षेत्रको लागि पनि फाइदाको कुरा रहेको बताए। उनले भनेका छन्, ’यो सहकार्यले उत्साह साथै कलात्मक र नयाँ सोचलाई फराक पार्न मद्दत गर्‍यो।‘ तर ब्रान्डको लागि लेख्दा स्वतन्त्र हुन नपाउनुले केही गाह्रो बनाएको बताए। भने,'कम समयमा पनि धेरैपटक लिरिक्स इम्प्रुभाइज गर्नु पर्‍यो। ब्रान्डको गीत हुन्न थियो भने बाँधिनु पर्दैन थियो।' 

गीतको भिडियो हात्तीवन, ठमेल र क्लब २५ मा छायांकन भएको हो।

गीतको ट्र्याक, लिरिक्स र भिडियो क्रमैसँग सार्वजनिक गरियो। अब भने ओपन अप अभियान स्टेज कार्यक्रम केन्द्रित हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell