PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

यू-१९ एसिया कप : पहिलो खेलमै भारतको सामना गर्दै नेपाल



गोविन्दराज नेपाल

यू-१९ एसिया कप : पहिलो खेलमै भारतको सामना गर्दै नेपाल

काठमाडौँ : भोलीबाट बंगलादेशमा शुरु हुने यू-१९ एसिया कपमा नेपाल यू-१९ टिमले पहिलो खेलमै भारतको यू-१९ टिमसँग खेल्दैछ।

प्रतियोगितामा सहभागी हुन नापली टोली बिहीवारै ढाका पुगिसकेको छ। गत संस्करणको समूह चरणमै भारतलाई पराजित गर्दै शनशनीपूर्ण नतिजा निकालेको नेपाल पहिलो पटक सेमिफाइनल पुगेको थियो।

यस पटक आसिफ शेखको कप्तानीमा रहेको नेपाली युवा टोलीलाई त्यो साख जोगाउने मुख्य चुनौती छ।

समूह ए मा नेपाल र भारतसँगै अफगानिस्तान र युएई पनि छन्। सेमिफाइनल प्रवेश गर्न नेपालले कम्तीमा दुई खेल जित्नैपर्छ।

गत संस्करणमा नेपालसँग हारेपछि भारत समूह चरणबाटै आउट भएको थियो। यसपटक भारतले घरेलु मैदानमा चार टिम सम्मिलित सिरिज गरेर राम्रो तयारी गरेको छ। त्यसैले पनि भारतलाई हराउनु नेपालको लागि चुनौतीपूर्ण छ।

एसिया कप अघि भारतमा भएको क्वाड्राङ्गुलर एक दिवसीय सिरिजमा नेपाल भारतको ए र बी दुवै टिमसाग पराजित भएको थियो। अफगानिस्तान विरुद्ध भने एक खेल जित हात पारेको नेपाल तेस्रो स्थानको लागि भएको खेलमा पराजित भएको थियो।

नेपालले भारतको लखनउमा भएको उक्त सिरिजमा ४ खेल खेलेको थियो। एसिया कपको तयारीको रुपमा रहेको उक्त प्रतियोगितामा नेपालले आफूलाई केही हदसम्म बुझ्ने मौका पाएको थियो।

भारतमा खेलेको उक्त टोलीमा चार परिवर्तन गर्दै नेपालको एसिया कप खेल्ने टोली तयार पारिएको छ। जसमा राष्ट्रिय टोलीमा खेलिसकेका रोहित कुमार पौडेल समेत छन्। यस्तै रविन्द्र जंग शाही र नन्दन यादवलाई पनि टिममा पुनरागमन गराइँदा सूर्य तामाङ पहिलो पटक यू-१९ टिममा परेका छन्।

यस्तै नेपालको कोचिङ स्टाफमा पूर्व राष्ट्रिय खेलाडीहरुको मिश्रण रहेको छ। राष्ट्रिय टवलीको पूर्व कप्तान विनोद दास यू-१९ को मुख्य प्रशिक्षकमा छन् भने पूर्व राष्ट्रिय खेलाडी मनो कटवाल सहायक प्रशिक्षक छन्।

केही समयअघि मात्र राष्ट्रिय टिमबाट विदेशमा नखेल्ने भनेर सन्यासको घोषणा गरेका भेट्रान स्पिनर शक्ति गौचन युवा टिमको व्यवस्थापकको भूमिकामा छन्। शक्तिको अनुभव र व्यवस्थापकिय क्षमता युवा टिमको लागि राम्रो प्रेरणा हुन सक्छ।


सहभागी राष्ट्र

समुह ‘ए’ : नेपाल, भारत, अफगानिस्तान र युएई

समूह 'बी' : श्रीलंका, बंगलादेश, पाकिस्तान र हङकङ

 

नेपालको खेल तालिका

नेपाल भर्सेस भारत : सेप्टेम्बर २९

नेपाल भर्सेस अफगानिस्तान : अक्टोबर १

नेपाल भर्सेस युएई : अक्टोबर

 

नेपाली टोली:

मोहम्मद आसिफ शेख (कप्तान), कमल सिंह ऐरि (उपकप्तान), रोहित कुमार पौडेल, रवी शाह, नन्दन यादव, रित गौतम, पवन शराफ, रबिन्द्र जंग शाही, रासिद खान, भिम शार्की, तृत राज दास, सन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी, सुर्य तामाङ

 

व्यवस्थापक : शक्ति गौचन

मुख्य प्रशिक्षक : विनोद दास

सहायक प्रशिक्षक : मनोज कटुवाल

फिजियो : विक्रम न्यौपाने

खेलतालिका:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell