PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

ए डिभिजनको उद्घाटन खेल : एनआरटीले बराबरीमा रोक्यो विभागीय टोली आर्मीलाई



ए डिभिजनको उद्घाटन खेल : एनआरटीले बराबरीमा रोक्यो विभागीय टोली आर्मीलाई

काठमाडौं: आजबाट शुरु भएको शहीद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा एनआरटीले आर्मीलाई २-२ को बराबरीमा रोकेको छ।

निर्धारित ९० मिनेटसम्म एनबरी २-१ ले अघि थियो। तर थप गरिएको इन्जुरी टाइमको अन्तिम मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीलाई हारबाट जोगाए। दुई पटक पछि परेको आर्मीका लागि दुवै गोल तामाङले नै गरे। एनआरटीका लागि भने रोजित पुडासैनी र राजेश परियारले गोल गरे।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको ११ औं मिनेटमा रोजितले गोल गर्दै एनबरटीलाई पहिले अग्रता दिलाएका थिए। ३७ औं मिनेटमा आर्मीका लागि सन्तोष तामाङ पेनाल्टीमा बराबरी गोल गरे।

दोस्रो हाफमा एनआरटीका लागि राजेश परियारले गोले गरी अग्रता कायमै राखे। तर इन्जुरी टाइमको छैटौँ मिनेटमा सन्तोषले आर्मीका लागि दोस्रो गोल गरे। एनआरटीका गोलकिपर अजित प्रतापतीले डीएरिया भित्र बल खेलाइरहेको अवस्थामा रेफ्री सुदिश पाण्डेले इनडाइरेक्स फ्रिकिक दिएका थिए। अरिक विष्टले टच मार्फत मिलाइदिएको बलमा तामाङले गोल गरेका हुन्। उक्त गोल लगत्तै खेल सकिएपछि एनबरटीका पदाधिकारीले रेफ्रीको निर्णयलाई लिएर असन्तुष्ट बनेका थिए। 

बराबरीपछि दुवै टोलीले १-१ अंक बाँडेका छन्।

साढे चार वर्षपछि भएको खेल युवा तथा खेलकुद मन्दी जंगबहादुर सुनार विकले उद्घाटन गरेका हुन्।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो खेलाडीले राम्रो खेल्न नसकेको प्रतिक्रिया दिए। 'हामीले २५ प्रतिशत मात्र खेल्न सक्यौँ। एनआरटीको कम्प्याक्ट डिफेन्स तोड्न खेलाडीहरुलाई गाह्रो भयो। यस बराबरीले लिग उपाधि जित्ने लक्ष्य राखेको हामीलाई केही गाह्रो बनाएको छ।' न्यौपानेले भने।

यस्तै एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले भने आफ्नो रणनीतिमा सफल भएको बताए। तर उनले खेलको अन्त्यमा रेफ्रीले गरेको निर्णय सही नभएको बताए। 'हामीले जुन रणनीतिका अनुसार खेलेका थियौँ त्यसमा सफल भयौँ। तर रेफ्रिको अन्तिम निर्णय भने गलत थियो। हामीले डिफेन्सिभ खेलेर काउन्टर अट्याकमा गोल गर्ने योजना बनाएका थियौँ। त्यसै भयो। हाम्रा खेलाडीहरु सबै नयाँ छन्। उनीहरुले राम्रो खेले। आर्मीलाई रोक्नु  र उनीहरु विरुद्द गोल गर्नु नै हाम्रो सफलता हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell