PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

मंगलवार जनकपुरमा ‘झिझिया नाइट’



मंगलवार जनकपुरमा ‘झिझिया नाइट’

जनकपुरधाम: जनकपुरधामका युवाहरुले ‘झिझिया नाइट’ को आयोजना गरेका छन्।

मधेशको लोक नृत्यमध्येको एक झिझिया दशैंको अवसरमा हुने गरेको छ। यस वर्ष पनि दशैंको अवधिमा मधेशका विभिन्न जिल्लामा झिझिया नृत्य प्रस्तुत भएको थियो।

जनकपुरधाममा झिझियालाई नृत्युलाई संरक्षण गर्ने उदेश्यले ‘झिझिया नाइट’को आयोजना गरिएको आयोजक समूहका राहुल झाले जानकारी दिएका छन्।

झाका अनुसार विभिन्न गाउँ तथा नगरका समूहले झिझिया नृत्य प्रस्तुत गर्नेछ। जानकी मन्दिरको प्रांगणमा मंगलवार दिउँसो ४ बजेदेखि झिझिया शुरु हुनेछ।

डाइन-जोगिन, बोक्सी, बोक्साबाट आफ्नो घरपरिवारलाई जोगाउन यो नृत्य गर्ने गरेको परम्परा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell