PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

थ्री स्टार भर्सेस मनाङ मर्स्याङ्दी, दुवै प्रशिक्षक भन्छन् : तीन अंकका लागि खेल्छौँ



गोविन्दराज नेपाल

थ्री स्टार भर्सेस मनाङ मर्स्याङ्दी, दुवै प्रशिक्षक भन्छन् : तीन अंकका लागि खेल्छौँ

काठमाडौँ : थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लब नेपालका दुई चर्चित र सफल क्लब हुन्। अझ मनाङ त सहित स्मारक ए डिभिजन लिगको सर्वाधिक ७ पटकको च्याम्पियन हो।

थ्री स्टारले पनि पछिल्लो पटक २०७२ सालमा भएको राष्ट्रिय लिग जितेको थियो।

गत वर्ष मोफसलमा भएको नकआउट टुर्नामेन्टहरुमा पनि थ्री स्टार र मनाङले राम्रो प्रदर्शन गरेका थिए।

यी दुई क्लबबीचको खेल नेपालमा सबैभन्दा लोकप्रिय र धेरै हेरिने खेलमा पर्छ।

यीनै दुई क्लब 'पल्सर सहिद स्मारक ए डिभिजन' लिगमा बिहीवार खेल्दैछन्। लिगको तेस्रो चरणमै दुई क्लब क्लबबीच खेल हुन लागेकोले लिग सुरुवातदेखि नै चर्चित बन्ने पक्का छ।

गत असोज १३ गतेदेखि सुरु भएको ए डिभिजन लिगमा ललितपुरको थ्री स्टार र ठमेलको मनाङले गतिलो सुरुवात गरेका छन्। दुवैले शतप्रतिसत जित हात पार्ने क्रममा लगातार दुई खेल जितेर ६ अंक जोडेका छन्। थ्री स्टारले फ्रेण्ड्स र ब्रिगेड ब्वाइजलाई तथा मनाङले ब्रिगेड र एनबरटीलाई पराजित गरेको थियो।

बिहीवार हुने खेलका लागि पनि दुवै क्लब तयार छन्। बुधवार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै क्लबका प्रशिक्षकले तीन अंकका लागि खेल्ने बताए।
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी जस्तो भएपनि त्यो भन्दा राम्रो खेलेर नतिजा आफ्नो पक्षमा पार्ने योजना रहेको बताए। 'मनाङ राम्रो टिम हो। विपक्षी टिम सँधै स्ट्रोङ हुन्छ र हामीले खेल जित्न उनीहरु भन्दा राम्रो खेल्नुपर्छ। मनाङ विरुद्ध पनि हामी मेहनत गरेर राम्रो खेल्छौँ।' केसीले भने। 'मनाङ सशक्त टोली हो तर हामी तीन अंककै लागि खेल्छौँ।'

यस्तै मनाङका प्रशिक्षक सुमन श्रेष्ठले पनि थ्री स्टार विरुद्ध तीन अंकका लागि नै खेल्ने बताए। 'हाम्रो मुख्य टार्गेट तीन अंक नै हो। त्यो नभए पनि हामी एक अंक भएपनि बाँड्न चाहन्छौँ।' श्रेष्ठले भने।

उनले थ्री स्टार राम्रो टोली रहेको र उपाधिको दाबेदार मध्ये एक रहेकोले थ्री स्टार विरौधको खेल ५०-५० हुने बताए।

थ्री स्टार विरुद्ध खेल्नुअघि मनाङलाई खेलाडीको चोट र सस्पेनसनले भने सताउनेछ। मनाङका मिडफिल्डरद्वय सुजल श्रेष्ठ र प्रकाश बुढाथोकी चोटका कारण अहिले लिग खेल्न नसक्ने अवस्थामा छन्। सुजन ६ साताका लागि मैदान बाहिर हुनेछन् भने प्रकाशले लिगको बाँकी सबै खेल गुमाउने पक्का छ। यस्तै यसअघिका दुई खेलमा लगातार पहेँलो कार्ड पाएका विदेशी खेलाडी अफिज ओलावाले थ्री स्टार विरुद्ध खेल्न पाउनेछैनन्।

प्रशिक्षक श्रेष्ठले पहिलो रोजाईकै केही खेलाडी नहुँदा त्यसले पक्कै पनि गाह्रो पर्ने बताए।

'पहिलो रोजाईकै खेलाडी नहुँदा पक्कै गाह्रो पर्छ। तर हामी अरु वैकल्पिक खेलाडीलाई प्रयोग गर्छौँ। मनाङ विरुद्ध केही फर्मेसन चेन्ज गरेर खेल्नेछौँ।'

उनले यसबाट अन्य खेलाडीले पनि अवसर पाउने बताए। यस्तै डिफेन्स लाइनमा विदेशी खेलाडी आएमा उसलाई खेलाउने जानकारी दिए।

थ्री स्टारका प्रशिक्षक केसीले लिगमा सबै खेल राम्रो खेल्नुपर्ने र थ्री स्टारको लक्ष्य पनि त्यही रहेको बताए। 'लिगमा १३ खेल हुन्छ। हामीले लिगमा राम्रो नतिजा हात पार्न १३ वटै खेलमा राम्रो खेल्नुपर्छ। प्रत्येक खेलमा सक्दो पावर प्रायोग गरेर खेल्नेछौँ। थ्री स्टार कहिल्यै पनि हार्नलाई खेल्दैछ।' केसीले भने।

'लिगका लागि कुनै पनि क्लब ११ खेलाडीमा भर परेको हुँदैन। प्रत्येक टोलीले प्रत्येक खेलाडीको लागि सब्सिच्युट खेलाडी राखर्नुपर्छ।' विक्रम लामाको आगमनको प्रसंङ्गमा केसीले भने, 'विक्रम फर्केपनि हामी पहिले जस्तै छौँ। नहुँदा पनि त्यस्तै थियौँ। १० महिना विक्रम नहुँदा हामीले कहिल्यै उनको अभाव हुन दिएनौँ।'

गत वर्ष बुढासुब्ब गोल्डकपको फाइनलमा चोट लागेपछि ९ महिना फुटबलबाट बाहिर रहेका विक्रममले यसअघिको खेलमा ब्रिगेड ब्वाइज विरुद्ध गोल गर्दै शानदार पुनरागमन गरेका छन्।

यसैगरी बिहीवार च्यासल युथ क्लब र एनआरटीबीचको खेल पनजि हुँदैछ। दुवै टोली अझै जितविहिन छन्। एक खेलमा हार र एक बराबरीको नतिजापछि दुवैको समान १ अंक छ।

च्यासका प्रशिक्षक राजुकाजी श्रेष्ठले भोली पहिलो जितका लागि खेल्ने बताए। उनले राइनो गोल्डकप खेलेलगत्तै लिगमा पनि आर्मी विरुद्ध खेल्नुपर्ने भएकोले खेलाडीले रेस्ट नपाएको तर एनआरटी विरुद्धको खेलका लागि राम्रो तयारी गरेको बताए।

यस्तै जापानबाट फर्केका सन्तोष साउखलले आर्मी विरुद्ध राम्रो खेलेको बताउँदै टिम सेट हादै गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell