PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

एक किलो नक्कली सुनसहित तीन जना पक्राउ



एक किलो नक्कली सुनसहित तीन जना पक्राउ

काठमाडौं: महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीनजनालाई पक्राउ गरेको छ। प्रभागबाट खटिएको टोलीले अवैध सुनसहित दाङका २८ वर्षीय गोपाल विक र २७ वर्षीय शिव कुमाल तथा सल्यानका २७ वर्षीय सञ्जयकुमार तिरुवालाई मङ्गलबार राति नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो। 

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंहले बल्खुको रोयल गेष्ट हाउस अगाडि रोकी राखेको बा १० च ८९९२ नंम्को टाटा डिआई गाडीलाई जाँचका क्रममा नक्कली सुन एक किलोग्रामसहित उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिइन्। 

पक्राउ परेका व्यक्तिसँग प्रहरीले विद्युतीय तराजु एक थान, कैंची एक थान र नगद रु ३६ लाख ६५ हजार बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell