PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सन्दीप लामिछानेले इपीएलमा दुई खेल मात्र खेल्ने



गोविन्दराज नेपाल

सन्दीप लामिछानेले इपीएलमा दुई खेल मात्र खेल्ने

काठमाडौँ : विश्वभर फ्रेन्चाइज लिग खेलेर चर्चित भएका युवा स्टार खेलाडी सन्दीप लामिछानेले नेपालमै हुने 'एभरेष्ट प्रिमियर लिग (इपीएल) -२०१८' मा भने दुई खेल मात्र खेल्ने भएका छन्। उनले ललितपुर प्याट्रिओट्सबाट खेल्नेछन्।

गत सिजन ललितपुरबाट खेलेका सन्दीपलाई यस सिजन पनि टोलीले टिममै राखेको हो।

ललितपुर प्याट्रिओट्सले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा टिमका मालिक किशोर महर्जनले सन्दीपले दुई खेल मात्र खेल्ने प्रष्ट पारे।

त्यही समयमा अष्ट्रेलियामा बिग बास लिग बीबीएल हुने र त्यसमा मेलवर्न स्टार्सले सन्दीपलाई अनुबन्ध गरेका कारण सन्दीपले बाँकी इपीएलका खेल गुमाउने भएका हुन्।

'सन्दीप सुरुको दुई खेल खेलेर बीबीएल खेल्न जानेछन्। अष्ट्रेलिया जस्तो देशमा लिग खेल्न जान लागेकाले पनि हामीले छुट दिएका हौँ।' महर्जनले भने।

हाल युएईमा भइरहेको टी-१० लिग खेलिरहेका सन्दीप त्यहाँबाट नेपाल आउनेछन् र सुरुको दुई खेल खेल्नेछन्। मंसिर २२ गते सुरु हुने इपीएलको उद्घाटन खेलमा ललितपुरले साविक विजेता विराटनगर वारियर्ससँग खेल्नेछ।

पहिलो पटक अष्ट्रेलियन टी-२० लिग बिस बास लिग बीबीएलका लागि सन्दीप छनोट भएका हुन् र उनी यस्तो उलब्धी हात पार्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन्।

अष्ट्रेलियाबाटै सन्नीपले बंगलादेश प्रिमियर लिग बीपीएल खेल्न बंगलादेश जानेछन्। सिलेट सिक्सर्सले सन्दीपले विदेशी कोटामा अनुबन्ध गरेको हो।

बीबीएल डिसेम्वर १९ देखि २०१९ फेब्रुअरी १७ सम्म हुनेछ। यस्तै बीपीएल जनवरी ५ देखि फेब्रुअरी ८ सम्म नै चल्नेछ। सन्दीप बीपीएल खेलेपछि बंगलादेशबाट पुन: बीबीएल खेल्न अष्ट्रेलिया जानेछन्।

गत सिजन इन्डियन प्रिमियर लिग आइपीएलमा छनोट हुने पहिलो नेपाली खेलाडी बन्दै दिल्ली डेयर डेभिल्सबाट खेलेपछि विश्वको ध्यान सन्नीप माथि परेको थियो। त्यसयता सन्दीपले आधा दर्शन लिग खेलिसके भने खेल्न बाँकी रहेका बीबीएल, बीपीएल र पाकिस्तान सुपर लिग पीएसएलका लागि छनोट भएङ्का छन्। सम्भवत यी तीनवटै लिग सन्दीपले अब खेल्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell