रसियन कल्चर सेन्टरको सभा हलमा शुक्रबार देखिएको दृश्य अस्वभाविक लाग्छ। मञ्चमा दुईवटा सेतो खाली क्यानभास राखिएको छ। अघिल्तिर कुर्सी पनि। केहीबेरमा दुई चित्रकार आउँछन्। ब्रस समाउँछन् र क्यानभासमा रङ भर्न थाल्छन्। बिस्तारै एउटामा चराको आकृति देखिन थाल्छ र अर्कोमा हिमालको।
यो सबै दृश्य एकटक नियाली रहेको दर्शकदीर्घाबाट तालीको लामो गुञ्जन सुनिन्छ।
सकिएपछि कुर्सीमा बसेको एक चित्रकार बैसाखी समाएर उभिन्छ र सरासर मञ्चबाट बाहिरिन्छ। अर्कोलाई स्वयं सेवकहरु आएर बसिरहेको ट्रलिसहित लिएर जान्छन्।
***
चरा बनाउने चित्रकारको कथा
नाम: अमिर बम्जन। उमेर: १९ वर्ष। ठेगाना: थाहा नगरपालिका ५, मकवानपुर।
नोट: बम्जनले चराको चित्र मुखले बनाएका हुन्।
जन्मजात गर्धनमुनिको कुनैपनि अङ्ग चलेन अमिरको। आमा र बुबानै उनको हात र खुट्टा बने। सबेरै आमाले बार्दलीमा लगेर राखिदिएपछि सुरु हुन्थ्यो उनको दैनिकी। चुपचाप टोलाउनु, वरपर हेर्नु, चरा चुरुङ्गी र जनावरहरुलाई डाक्नु। यसरी नै बित्थ्यो उनको दिन।
बेलुकी भाइ बहिनी स्कूलबाट फर्कन्थे र होमवर्क गर्न बस्थे। पर बसेर हेरिरहने अमिरलाई पनि रहर लाग्थ्यो लेख्न, पढ्न, चित्र बनाउन। तर उनको त हात नै छैन। त्यसैले भाइ बहिनी पढिसकेपछि घिस्रँदै नजिक पुग्थे र छरिएका कलम कापी मुखले च्यापेर ठाउँमा राखिदिन्थे।
एकदिन त्यस्तै गरी कलम कापी टिप्दै थिए। ओठमा च्यापेको कलमले भुईंँमा कोतरे। धर्को बन्यो, बाङ्गो टिङ्गो। सिधा थिएन तर आफूले कोरेको धर्को हेरेर दङ्ग परे। भोलिपल्टदेखि कलम मात्र होइन अङ्गारले पनि कहिले धर्को कहिले गोलो विभिन्न आकारहरु बनाउन थाले।
‘मलाई थाहा भयो मुखले पनि लेख्न सम्भव रहेछ। त्यसपछि मलाई धर्को र गोलोमात्र होइन मैले बार्दलीबाट देख्ने सबैकुरा बनाउन मन लाग्यो,’ अमिर पहिलोपटक मुखले लेख्दाको पल सम्झन्छन्।
उनले कोरेको आकार आमा दिलमायाको लागि आशाको धर्सो बन्यो। र, सिकाइन् अङ्ग्रेजीका चार अक्षर ‘ए एम आइ आर’।
अमिर भन्छन्,‘आमा नै मेरो पहिलो शिक्षक हो।’ त्यसपछि भने अमिरका लागि घरमै पढाउने शिक्षक बोलाइयो। हरेक साँझ अनिल तामाङ आउँथे र उनलाई विभिन्न अङ्क र अक्षरहरु चिनाउँथे। लेख्न सिकाउँथे।
१३ वर्षको हुँदाअमिर नजिकको श्री कालिकादेवी निम्न माध्यमिक विद्यालयमा भर्ना भए। माध्यमिक तह पढ्न नजिक स्कुल थिएन्। टाढा जान नसक्नाले कक्षा ६ सम्ममात्र पढ्न पाए।
‘टाढा भए पनि ममीले ल्याउने लैजाने गर्नुभएको थियो। म ठूलो हुँदै गएपछि त उहाँलाई निकै गाह्रो भयो। मैले आफै पढ्दिन भने,’ उनले बाध्यता सुनाए।
उनको दैनिकी पुन: बार्दलीमा बित्न थाल्यो। यस पटक उनी त्यहाँ बसेर टोलाइ रहेनन्। न त आफूलाई घर कुरुवा वा बाङ्गे भन्नेहरुको बोली सुनेर रोए। बरु भावना शब्दमा उतार्न थाले, देखेको दृश्यहरुको आकार कापीमा र भुईंँमा कोर्न थाले। गीत सुन्नु र गाउनु उनको अर्को रहरको विषय थियो। उनी खाली नबसेको देखेर परिवार पनि खुशी।
२०७२ मा गएको भूकम्पका कारण अमिरको परिवार चार महिना पालमा बस्न बाध्य भयो। अरु त यताउता निस्कन्थे तर अमिरसँग भने गाउनु र चित्र कोर्नुको विकल्प थिएन। त्यही अवधीमा करुणा फाउन्डेसनका सुदीप काफ्लेले उनलाई भेटे। उनको प्रतिभा देखेर काफ्ले प्रभावित भए र अमिरलाई काठमाडौँ लिएर आए।
काफ्लेको सहयोगमा आएका अमिरले चित्रकार किरण मानन्धरसँग चित्रकला सिके। संगीतकार न्ह्यु बज्राचार्यले संगीत सिकाए। अपाङ्गतालाई अवरोधको बहाना नबनाएका उनले अवसरको दुरुपयोग पनि गरेनन्। मिहेनत गरे। जुन मिहेनत उनको कर्ममा झल्कियो।
‘म त गिलासमा जमेको पानी थिएँ। भूकम्पपछिको त्यो भेटले छछल्काइदियो। अब मलाई बग्नु छ,’ उनी गम्भिर सुनिन्छन्, ‘प्रशिक्षणको अवसर पाउँदिनथे भने मैले सोच्ने र गर्ने तरिका फराकिलो हुँदैन थियो।'
पहिले आकार कोर्न र रङ भर्न सक्ने उनी प्रशिक्षणपछि कुनै चित्र बनाउनुअघि अवधारणा बनाउन थाले। रङहरुको तालमेल मिलाउन थाले। उनको सोच र कलाको क्याभास केही फराकिलो भयो। र २०७३ मा एकल चित्रकला प्रदर्शनी गरे। सोही वर्ष ‘राष्ट्रिय प्रतिभा पुरस्कार–२०७३’ बाट सम्मानितसमेत भए।
‘राष्ट्रपतिको हातबाट प्रमाणपत्र पाउनु मेरो जिन्दगीको सबैभन्दा खुशीको दिन हो। विदेश पनि जान पाएँ जुन कुरा मैले सपनामा पनि सोचेको थिइनँ,’ उनी दङ्ग पर्दै सुनाउँछन्।
अमिर चित्रकलाकै लागि ताइवानको ‘फरवेन्ट ग्लोबल लभ अफ लाइफ‘ पुरस्कारबाट समान्नित भए। हाल जर्मनीको ‘फुड एण्ड माउथ’ नामक संस्थाका लागि अनुवन्धित छन्। वार्षिक ५ वटा चित्रकला दिने सहमतिमा उनलाई मासिक रुपमा खर्च पठाइन्छ।
रोचक त के रह्यो भने उनले संगीत प्रशिक्षणको छोटो अवधीमै न्ह्यु बज्राचार्यको संगीतमा ‘आमा’ बोलको गीत लेखे, आफै गाए र रेकर्ड गराए। अहिलेसम्म चारवटा गीत आइसकेका छन् उनका। त्यसमा शब्द र स्वर उनकै छ भने संगीत बसन्त सापकोटाको।
हाल मकवानपुर नै बस्ने उनी समाज, सोच र भौतिक पूर्वाधार अपाङ्गमैत्री नहुनुका कारण निराश छन्। भन्छन्,’लड्ने, ठोक्किने, अरुको भर पर्नु पर्ने समस्या त छ नै। साथै कति बेला कसले के भन्छ र मन दुख्छ थाहा हुन्न।‘
काठमाडौंमा रहेर अझै केही समय प्रशिक्षण गर्ने र आफ्नो गायन र चित्रकला निखार्ने उनको रहर छ। उनी अपांग अमिरको चित्र अपांग अमिरको पेन्टिङ भनेको सुन्न चाहँदैनन्। कलाकार अमिर बनेर चिनुन् भन्ने चाहना हो उनको। ‘हरेक कुराको पहुँच भएको ठाँउमा बसेर केही गर्न पाएँ म साँच्चै चाहेजसरी बग्न सक्छु ’, आत्मविश्वासी सुनिन्छन्।
***
हिमाल बनाउने चित्रकारको कथा
नाम: लक्ष्मीभक्त भासिमा। उमेर: ३१ वर्ष।ठेगाना: थिमी, भक्तपूर।
व्यवसायिक चित्रकार भासिमाको विगत् नमीठो छ। तर, उनी स्वयं भन्छन्,’त्यो विगत् थिएन भने यस्तो राम्रो वर्तमान पनि हुने थिएन।‘
निम्न वर्गीय किसान परिवारमा जन्मिएका उनका लागि साथीहरुको जस्तो खाजा, खाना, खेलौना सबै रहर मात्र बन्यो।केही साथी थिए जसले लक्ष्मीसँग सबैकुरा बाढे। केही पनि छुटाएनन्। त्यसैले उनको साथी फेरिएनन्; संगत फेरिएन। कक्षा ५ मा पुग्दा थाहा पाए साथीहरुले बाढेको केही चिज गलत रहेछ। तर, गलत भनेर थाहा पाउन्जेल ढिला भइसकेको थियो, लक्ष्मी कुलतमा फसिसकेका थिए। जहाँबाट निस्कन सकेनन्।
पढाई छाडे। घर कहिले काहिंँ जान्थे, पैसा माग्थे नपाए रिस देखाउँथे। उस्तै परे आफै झिक्थे पनि। उनलाई कुलतबाट बाहिर निकाल्ने परिवारको प्रयास सार्थक भएन।
‘त्यो अवस्था सम्झँदै भयावह छ। परिवारले कसरी झेल्नु भयो होला?’, उनको बोलीमा पश्चतापको भाव सुनिन्छ।
१६ वर्षको हुँदा अचानक उनको कम्मर असह्य भएर दुख्न थाल्यो। छोराको व्यवहारले दुखेको परिवारमा अर्को बज्रपात् आइलाग्यो, लक्ष्मीको स्पाइनल कर्डमा ट्युमर पलाएको रहेछ। ‘दुर्व्यसनीले मलाई सबैलाई जित्छु जस्तो बनाएको थियो। ट्युमरसँग हारेंँ। म बेडमा लड्न बाध्य भएँ।’
चाडोभन्दा चाडो ट्युमर काँटेर फाल्न पर्ने थियो। आर्थिक अभावका कारण समयमा अपरेशन सम्भव भएन। अस्पतालको शैयामा पनि उनी अवस्थासँग होइन गाँजाको लागि लडे। जसले उनलाई डिप्रेसनमा पुर्यायो र अपरेशन भएको दुई वर्षसम्म अस्पतालमै रहे। बिस्तारै बिस्तारै कम्मरमुनिको भागले केही पनि महसुस गर्न छाड्यो अनि बल्ल उनले जिन्दगीको महत्व महसुस गरे।
हिँड्दै अस्पताल छिरेका उनी ह्विलयचियर चडेर फर्किए।केही समय घरमै बसे। व्यवसायिक चित्रकार दाजु कान्छाकाजी भासिमाको काम हेरे। र आफू पनि कुँची चलाउन थाले। सूर्य नेपाल र सीबीआर नामक संस्थाको सहयोग पाएपछि भने उनी पुन: विनायक शिक्षा निकेतनको कक्षा २ मा भर्ना भए। १८ वर्षको उमेरबाट सुरु गरे जिन्दगीको नयाँ अध्याय।
स्कूलले उनलाई चित्रकला निखार्न सहयोग गर्यो। जुजुभाई श्रेष्ठ गुरु बने। कक्षा चार पुगेदेखि भने उनले कुनै पनि चित्रकला प्रतियोगिता हारेनन्। कक्षा १० सम्मै प्रथम। कक्षा सातमा पढ्दा रोट्र्याक्ट क्लबले आयोजना गरेको प्रतियोगितामा ६५ हजार रुपैयाँको पेन्टिङ बिक्री भएपछि उनले सोचें- पेन्टिङमै मेरो भविष्य छ।
त्यसैले एसएलसी पछाडि पनि सिर्जना फाइन आर्ट लाजिम्पाटमा पेन्टिङ नै पढे। लक्ष्मीलाई संस्कृतिक र देवी देवतासम्बन्धी पेन्टिङमा विशेष रुची छ। उनको हालसम्म ६ पटक चित्रकला प्रदर्शनी भइसकेको छ।
‘चित्रकलाले मेरो जिन्दगीमा पनि रङ भरिदियो, पुनर्जन्म भयो। कहिले काहिंँ त लाग्छ मेरो खुट्टा ठीक भएको भए यी रङहरुसँग हुन्नथेंँ, सोच्दै खिन्न लाग्छ।’
क्यानभास, रङ, ब्रस, फ्रेम महङ्गा छन्। पेन्टिङ बिक्छ बिक्दैन भर हुँदैन तर पनि अब उनलाई यसैको बानी परेको छ। पेन्टिङले पनि केही खर्च जुटाउँछ। कुनै पेन्टिङको मुनाफा सहयोगार्थ खर्च गर्छन्। भक्तपूर इङ्लिस स्कूल, सुधा सागर स्कूल, माउन्ट सेना स्कूलमा चित्रकला अध्यापन गराउँछन्, जसबाट आउने रकम कहिले काहिंँ घरमा पनि दिन्छन्। यो सब हुनुले परिवारमा छाएको खिन्नता मेटेको छ।
शान्त स्वभावका उनी भन्छन्,’बोलेरभन्दा पनि कोरेर आफैलाई एक्सप्रेस गर्छु।‘
***
भिन्न कथा बोक्ने यी दुई चित्रकारहरु अमिर र लक्ष्मीको रुची र अवस्था उस्तै उस्तै छन्। दुवैको जिन्दगीमा अपाङ्गता तर दुवैको जिन्दगीमा रङ। शुक्रबार यी दुवैको चित्रकलाहरु एकसाथ प्रदर्शनी र अक्सनमा राखियो। अमिरको प्रकृति विशेष १० वटा, लक्ष्मीको देवी देवता विशेष २० वटा चित्रहरु थिए। जसको न्युनतम मूल्य पाँच हजार रहेको थियो।
कार्यक्रममा अमिरका ३ गीत सार्वजनिक भए, भिडियोसहित। जसमा शब्द र स्वर उनकै छन् भने संगीत वसन्त सापकोटाको।
‘मेरो जीवनको लक्ष्य यति मात्र होइन,’ उनी संगीत र कला साधनामा अझै मिहेनतले लाग्ने अठोट गर्छन्। नामको अगाडि ‘अपाङ्ग’ नभइ कलाकार मात्र सम्बोधन भएको सुन्न चाहन्छन् उनी।
लक्ष्मी भने प्रदर्शनीबाट उठेको रकमले ब्याचलर्स भर्ना हुन चाहन्छन्। भन्छन्, ’सिक्नु र गर्नुको मूल जरा नै पढाई हो। त्यसैले अझै पढ्छु।‘