PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

अर्बौं डलरको सामाग्रीमा लगाइएको कर हटाउन ट्रम्प र सीबीच सहमति



अर्बौं डलरको सामाग्रीमा लगाइएको कर हटाउन ट्रम्प र सीबीच सहमति
फोटो : REUTERS

ब्रुनो एरिज: अमेरिका र चीनले एकअर्काको सामाग्रीमा लगाएको कर हटाउने भएका छन्। 

जी २० बैठकका लागि अर्जेन्टिना पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच ९० दिनका लागि कर हटाउने सहमति भएको हो। 

सो सहमति जनवरी १ देखि कार्यान्वयनमा आउने चीन पक्षले जनाएको बीबीसीले उल्लेख गरेको छ। 

ट्रम्पले दुर्इ सय अर्ब बराबरको चिनियाँ सामाग्रीमा कर लगाउने निर्णय गरेका थिए। अर्जेन्टिनामा चीनसँगको वार्ता सफल नभए थप २६७ अर्ब बराबरको सामानमा कर लगाउने ट्रम्पले बताएका थिए। 

अमेरिकाले चीनमाथि कर लगाउँदा अमेरिकी कम्पनीहरुलार्इ घाटा हुने भन्दै उनीहरुले ट्रम्प प्रशासनलार्इ करका बारे पुर्नविचार गर्न आग्रह गरेका थिए। ट्रम्पले थप २६७ अर्ब बराबरको सामानमा कर लगाएमा प्रविधि क्षेत्रमा लगानी गरेकाहरुलार्इ धेरै घाटा हुने बताइएको थियो।

अमेरिकी कम्पनीहरु 'फिटनेस ट्रयाकर', 'इन्टेल कोर्प' लगायतका कम्पनीले यो करले बजारमा नकारात्मक प्रभाव पार्ने बताएका थिए। ट्रम्पले घोषणा गरेको कर लागू भएमा एप्पलले चीनमा उत्पादन हुँदै आएको आफ्ना सामान महंगो हुने बताएको थियो। तर ट्रम्पले भने ती कम्पनीहरुलार्इ स्वदेशमै लगानी गर्न भनेका थिए। 

अमेरिकाकी कदमको विरोधमा चीनले पनि अमेरिकाबाट आयात हुने लाखौं अर्ब बाराबरको सामाग्रीमा कर लगाउने घोषणा गरेको थियो।

अर्थविद्हरुले चीन र अमेरिकाबीचको यो 'व्यापारिक युद्ध'ले विश्वकै अर्थतन्त्रमा नकारात्मक असर पर्ने बताएका थिए। 

अर्जेन्टिनामा ट्रम्प र सीबीच भएको सहमति कार्यान्वयन भएको खण्डमा अमेरिकी र चिनियाँ बजारमा लगानीको वातावरणमा सुधार हुने अपेक्षा गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell