PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

महन्थ ठाकुर किन पुगे दिल्ली?



महन्थ ठाकुर किन पुगे दिल्ली?

काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलका नेता महन्थ ठाकुर दिल्लीतिर लागेका छन्।

पार्टीमा नेतृत्व विवाद भइरहेका बेला कुनै पनि औपचारिक बैठक नबसी ठाकुर दिल्लीतिर लागेका हुन्।

अब ठाकुर नआउन्जेलसम्म राजपाले कुनै पनि निर्णय लिन सक्ने छैन। किनभने राजपाको विधानमा व्यवस्था भए अनुसार कुनै पनि निर्णय सहमतिमा हुनेछन्। अर्थात राजपाले कुनै पनि निर्णय गर्न अध्यक्ष मण्डलका छ वटै अध्यक्ष सहभागी हुनै पर्नेछ।

ठाकुरलाई अध्यक्ष मण्डलको संयोजकबाट हटाएर राजेन्द्र महतो संयोजक भएदेखि कुनै पनि औपचारिक बैठक बस्न सकेको छैन।

ठाकुर नियमति चेकअपका लागि दिल्ली जाने गरेका छन्।

करिब आठ वर्ष पहिले ठाकुरको छातीमा पेशमेकर जडान गरिएको छ। 

उनको उपचार दिल्लीको मेदान्ता अस्पतालमा हुँदै आएको छ।

ठाकुरको सचिवालयका अनुसार यस पटक पनि नियमति जाँचका लागि ठाकुर दिल्लीतर्फ लागेका हुन्।

पछिल्लो समय उनको दाँतमा पनि समस्या देखिएको छ।

ठाकुरको सचिवालयका अनुसार ठाकुर करिब एक साता पछि नेपाल फर्किनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell