PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

प्रचण्ड अस्पतालमा, भएको के हो?



प्रचण्ड अस्पतालमा, भएको के हो?

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेका छन्। केही दिन यता स्वास्थ्यमा विशेष ध्यान दिँदै आएका प्रचण्ड आज दिउँसो अस्पतालमा पुगेको उनको सचिवालयले जनाएको छ।

'नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड स्वास्थ्योपचारका क्रममा आज अस्पताल पुग्नुभएको छ। केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराउनु भएका अध्यक्ष प्रचण्ड आज दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएको छ,' सचिवालयले उल्लेख गरेको छ।

उपचार गराइरहे पनि के भएको भन्नेबारे भने उल्लेख गरिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell