PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

निर्मला प्रकरणको दोषीलाई कारबाही माग गर्दै विप्लव माओवादीको प्रदर्शन



निर्मला प्रकरणको दोषीलाई कारबाही माग गर्दै विप्लव माओवादीको प्रदर्शन

काठमाडौं: कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको जनसम्पर्क मञ्च केन्द्रिय समन्वय समितिले काठमाडौँमा प्रदर्शन गरेको छ।

काठमाडौँको शान्तिबाटिकामा भेला भएका जनसम्पर्क मञ्च नेता कार्यकर्ताले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए।  निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै राजधानी लगायत देशका विभिन्न शहरहरुमा दिनहुँजसो प्रदर्शन भैरहेका छन्। पछिल्ला केही प्रदर्शन राजनीतिक दल, दलका युवा संगठनहरुले गर्दै आएका छन्। 

आज काठमाडौँमा प्रदर्शन गरेको बिप्लव नेतृत्वको नेकपाले सरकारले बलात्कार र हत्यामा संलग्न लाई कारबाही नगरे आफ्नो पार्टीले गर्ने भन्दै चेतावनी पनि दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell