PahiloPost

Jul 1, 2025 | १७ असार २०८२

प्रस्तावित राजदुतविरुद्ध एउटैमात्र उजुरी



काठमाडौं: संसदीय सुनुवाइ समितिले विभिन्न चार देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेकोमा एउटामात्र उजुरी परेको छ। उक्त उजुरी सैदान्तिक विषयमा भएको र समावेशी नभएको भनेर उजुरी परेको समितिले जनाएको छ।
 
समितिले सुनुवाइ प्रक्रिया सुरु गर्दै गत ७ देखि १७ गतेसम्म उजुरी दिन समय तोकेको थियो।

समितिले प्रस्तावित राजदूतहरु नीलाम्बर आचार्य, उदयराज पाण्डे, कृष्णप्रसाद ढकाल र डा. अञ्जना शाक्यविरुद्ध उजुरी आह्वान गरेको थियो। मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले आचार्यलाई भारत, पाण्डेलाई मलेसिया, ढकाललाई युएइ र शाक्यलाई इजरायलका लागि राजदूतमा सिफारिस गरेको थियो।

संवैधानिक प्रावधान अनुसार नियुक्ति पूर्व राजदूतहरूको संसदीय सुनुवाइ हुने गर्छ। मन्त्रिपरिषद् कार्यालयले मंसिर २ गते सुनुवाइ प्रक्रिया अघि बढाउन पत्राचार गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell