PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

इन्द्रावतीमा दुई महिने फुटबल प्रशिक्षण हुँदै



इन्द्रावतीमा दुई महिने फुटबल प्रशिक्षण हुँदै

सिन्धुपाल्चोक: जिल्लाको इन्द्रावती गाउँपालिकामा दुई महिने फुटबल प्रशिक्षण हुने भएको छ। गाउँपालिकाको आर्थिक सहयोग तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा फुटबल प्रशिक्षण हुन लागेको हो। पुस र माघ महिनामा दुई स्थानमा कार्यक्रम सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले जानकारी दिए।

प्रशिक्षणमा गाउँपालिका सामुदायिक विद्यालयमा अध्ययनरत मावि स्तरका १२ देखि १५ वर्ष सम्मका किशोरकिशोरी सहभागी हुनेछन्।

एन्फाले गाउँगाउँमा लुकेका प्रतिभालाई खोजी गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell