PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

'दि बिगेस्ट' इपीएल : यस्ता छन् टिम र खेलाडी



गोविन्दराज नेपाल

'दि बिगेस्ट' इपीएल : यस्ता छन् टिम र खेलाडी

काठमाडौँ : 'दि बिगेस्ट' नारा दिइएको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट भोलिदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरु हुँदैछ। विभिन्न आकर्षणसहित सुरु हुन लागेको इपीएल २०१८ को लागि टोलीहरु तयारी अवस्थामा छन्।

यस पटकको मुख्य आकर्षणको रुपमा रहनेछन् नाम चलेको विदेशी खेलाडी र अन्तर्राष्ट्रिय स्तरको चियरलिडर्स। नामी विदेशी खेलाडीले मैदानमा चौका छक्का प्रहार गर्नेछन् वा विकेट लिनेछन्। त्यसमा हौसला दिने र दर्शकलाई मनोरञ्जन दिने काम चियर लिडर्सले गर्नेछन्।

आयोजकले एक टिममा ३ विदेशी खेलाडी अनिवार्य राख्नैपर्ने नियम गत सिजनबाट लागु गरेपछि विदेशी खेलाडीको आगमन हुन थालेको हो। यसपटक दुई टिमले ४-४ विदेशी खेलाडी भित्र्याएका छन्। साथै विदेशी प्रशिक्षक पनि दुई जना आइसकेका छन्।

टेष्ट समेत खेलिसकेका र टी-२० मा विशेषज्ञ मानिने विदेशी खेलाडी यस पटक नेपाल आएका छन्। दक्षिण अफ्रिकाका रिचर्ड लेभी, आयरल्याण्डका केभिन ओ'ब्रायन र पउल स्ट्रलिङ, एसोसियट राष्ट्रकै उत्कृष्ट खेलाडी मानिने रायन टेन डेसचाटेसँगै नेदरल्याण्ड्सका रोलेफ भान डेर मर्वे यस सिजन इपीएल खेल्ने सबैभन्दा ठूला खेलाडी हुन्।

यीहरुसँगै नेदरल्याण्ड्सका पउल भान मिकेरे, स्कटल्याण्डका कप्तान कायल कोत्जर, युएईका कप्तान रोहन मुस्ताफा  मोहम्म नाभिद, हङकङका बाबर हायत अनी काउन्टी क्रिकेट खेलिसकेका इंग्लिस खेलाडीहरु जोन सिम्पसन र जर्ज स्कट पनि इपीएल खेल्दैछन्।

यस पटक सहभागी ६ वटै टिमले विदेशी खेलाडीको सहयोगमा उत्कृष्ट प्रदर्शन गर्ने जनाएका छन्।

 

विराटनगर वारियर्स

विराटनगर वारियर्स गत वर्षको च्याम्पियन टिम हो। नेपालका कप्तान पारस खड्काको नेतृत्वमा रहेको यस टिममा गत वर्ष समेत खेलेका बाबर हायतसँगै भान डेर मर्वे, पउल भान मिकेरेन जस्ता विदेशी खेलाडी भित्रिएका छन्। यस्तै प्रशिक्षककमा भारतका उमेश पटवाल छन्। नउले नेपालको राष्ट्रिय टिमको ब्याटिङ कन्सलट्यान्टको रुपमा काम गरिसकेका छन्।

विराटनगरले गत सिजन टिममा रहेका अभिनाष कर्णलाई रिलिज गर्दै यस सिजन हरीबहादुर चौहानलाई अनुबन्ध गरेको छ।

पारस खड्का (कप्तान, मार्की प्लेअर), बसन्त रेग्मी, मो. आसिफ शेख, अनिल कुमार शाह, करण केसी, रामनरेश गिरी, प्रनित थापा, पुष्प थापा, रोविन क्षेत्री, सुमित महर्जन, आकाश विष्ट

विदेशी खेलाडी : बाबर हायत, रोलोफ भान डेर मर्वे, पउल भान मिकेरेन, स्मिथ पटेल

रिलिज : अभिनास कर्ण

हरी बहादुर चौहान बिडिङबाट

 

भैरहवा ग्लाडिएटर्स

शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्स गत वर्षको उपविजेता हो। फाइनलमा एक रनले पराजित हुँदै भैरहवा उपाधि जित्नबाट चुकेको थियो। त्यसैलाई ध्यनमा राखेर भैरहवाले यस पटक उपाधि जित्ने लक्ष्यसहित एसोसियनटकै उत्कृष्ट खेलाडी खेलाडी अनुबन्ध गरेको छ। नेदरल्याण्ड्सका रायन टेन डेसचाटेसँगै भैरहवाले युएईका मोहम्मद नाभिद र भारतका रवीइन्दर सिंहलाई भित्र्याउँदै बलियो टिम बनाएको छ।

शरद भेषावकर (कप्तान, मार्की प्लेअर), प्रदिप ऐरी, मो. आरिफ शेख, रोहित कुमार पौडेल, भुवन कार्की, प्रकाश केसी, हरीशंकर शाह, कृष्ण कार्की, दिपेश श्रेष्ठ, भुपेन्द्र थापा

विदेशी खेलाडी : राएन टेन डेसचाटे, मोहम्मद नाभिद, रवीइन्द्र सिंह

रिलिज : अभिनास बोहरा

लोकल ट्यालेन्ट हन्ट : अनिल खरेल, कुशल मल्ल,

 

पोखरा राइनोज

गत सिजन उत्कृष्ट सुरुवात गरेर पनि त्यसलाई निरन्तरता दिन नसकेको पोखरा राइनोजले यस पटक कप्तान नै विदेशी खेलाडीलाई बनाएको छ।

यस पटक पोखराले चार विदेशी खेलाडीहित विदेशी प्रशिक्षकलाई समेत भित्र्याएको छ। गत वर्ष भेट्रान स्पिनर शक्ति गौचनले पोखराको कप्तानी गरेका थिए। यस पटक दक्षिण अफ्रिकाको रिचर्ड लेभी, स्कटल्याण्डका कप्तान केल कोत्जरसँगै इंग्ल्याण्डका पउल कघलिनलाई अनुबन्ध गरेको छ।

यस्तै प्रशिक्षकमा अष्ट्रेलियाका नाथन डोडलाई नियुक्त गरेको छ।

शक्ति गौचम (मार्की प्लेअर), विनोद भण्डारी, सुशन भारी, सुनिल धमला, सौरभ खनाल, विपिन खत्री, राजेश पुलामी मगर, किशोर महतो, विक्रम सोब, देब शाह

विदेशी खेलाडी : केल कोत्जर (कप्तान), रिचार्ड लेभी, पउल कघलिन, सन्नी भिमशारिया

रिलिज : नुरध्वज सेन, सन्तोष भट्ट

नन्दन यादव, सुबेन्द्र पाण्डे बिडिङबाट

 

काठमाडौँ किंग्स ११

काठमाडौँ किंग्स ११ ले यस पटक आयरल्याण्डका केभिन ओ'ब्रयानलाई भित्र्याएर टिम बलियो बनाएको छ। कप्तानमा सोमपाल कामीलाई नियुक्त गरेको छ। यस्तै युएईका कप्तान रोहन मुस्ताफा पनि विदेशी खेलाडीको रुपमा छन्। उनी अली ढिला आउने भएका छन्।

सोमपाल कामी (कप्तान, मार्की प्लेअर, अमित श्रेष्ठ, नरेश बुढाएर, राजु रिजाल, अमर सिंह राउटेला, सागर पुन, सिद्धान्त लोहनी, पुरन विक, जितेन्द्र मुखिया, विक्रम भुसाल, नितिष थापा

विदेशी खेलाडी : केभिन ओ'ब्रायन, रोहन मुस्ताफा

रिलिज : सुशील कँडेल

बिडिङबाट : मो. सांसद शेख

 

ललितपुर प्याट्रिओट्स

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर टिममा नेपालका युवा स्टार सन्दीप लामिछाने पनि छन्। तर उनले सुरुको दुई खेल मात्र खेल्नेछन्। त्यसपछि सन्दी बीबीएल खेल्न अष्ट्रेलिया जानेछन्। यस्तै नेपालको घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको भारतका सन्नी पटेल, जयकिसन कोल्सावाला र गौरभ तोमरलाई ललितपुरले विदेशी खेलाडीको रुपमा भित्र्याएको छ।

ज्ञानेन्द्र मल्ल (कप्तान, मार्की प्लेअर), सन्दीप लामिछाने, ललित राजवंशी, कुशल भुर्तेल, शंकर राना, सोनु तामाङ, पवन सराफ, रसिद खान, सन्दीप जोरा

विदेशी खेलाडी : जयकिसन कोल्सावाल, सन्नी पटेल, गौरव तोमर

रिलिज : मेहबुब आलम राजविर सिंह

नारायण जोशी, योगेन्द्र सिंह कार्की बिडिङबाट

लोकल ट्यालेन्ट हन्ट : कमल खत्री

 

चितवन टाइगर्स

गत सिजन अन्तिम स्थानमा रहेको चितवनमा युवा खेलाडीहरु छन्। पृथु बास्कोटाको कप्तानीमा रहेको चितवले आयरल्याण्डका पउल स्ट्रलिङलाई अनुबन्ध गरेको छ। यस्तै काउन्टि खेलेका जोन सिम्पसन र जर्ज स्कटलाई अनुबन्ध गर्दै चितवनले पनि टिम बलियो बनाएको छ।

दीपेन्द्र सिंह ऐरी  (मार्की प्लेअर), पृथु बास्कोटा (कप्तान), ललित सिंह भण्डारी, शहाब आलम, दीलिप नाथ, सन्दिप सुनार, कमल सिंह ऐरी, भिम शार्की, इशान पाण्डे

विदेशी खेलाडी : पउल स्ट्रलिङ, जोन सिम्पसन, जर्ज स्कट

आदिल खान, सागर ढकाल : बिडिङबाट

रिलिज : सुनाम गौतम योगेन्द्र सिंह कार्की अनिल कुमार मण्डल

लोकल ट्यालेन्ट हन्ट : आकाश थापा

 

नोट : सबै टिमको औपचारिक रुपमा खेलाडीको अन्तिम सूची सार्वजनिक नभएकाले केही खेलाडीको नाम हेरफेर हुन सक्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell