PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

शृंखलाको यात्रा टप १२ सम्ममात्रै, एसिया क्षेत्रबाट थाइल्यान्ड फाइनलमा



शृंखलाको यात्रा टप १२ सम्ममात्रै, एसिया क्षेत्रबाट थाइल्यान्ड फाइनलमा

काठमाडौं: मिस नेपाल शृंखला खतिवडाको मिस वर्ल्ड यात्रा टप १२ मा पुगेर टुंगिएको छ।

चीनको सान्यामा जारी मिस वर्ल्डमा एसिया–ओसियाना क्षेत्रबाट नेपालसहित थाइल्यान्ड र न्युजिल्यान्ड टप १२ मा पुगेका थिए।

यो क्षेत्रबाट मिस थाइल्यान्ड मिस वर्ल्ड एसिया ओसियनाको उपाधिसहित अन्तिम ५ मा प्रवेश गरेपछि शृंखलाको मिस वर्ल्डको यात्रा टुंगिएको हो।

टप १२ मा परेपछि शृंखलाले सगरमाथाबाट स्काइडाइभ गर्ने प्रतिक्रिया दिएकी छिन्।

उत्कृष्ट ५ थाइल्यान्डसँगै युरोपबाट बेलारुस, अमेरिका क्षेत्रबाट मेक्सिको, अफ्रिकाबाट युगान्डा र क्यारेबियन क्षेत्रबाट जमैका परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell