PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

टिमको आवश्यकता र खेलाडीको प्रदर्शन हेरेर टोली छनोट गरेका छौँ  : जगत टमाटा



गोविन्दराज नेपाल

टिमको आवश्यकता र खेलाडीको प्रदर्शन हेरेर टोली छनोट गरेका छौँ  : जगत टमाटा

काठमाडौँ : नेपाली राष्ट्रिय टिमको नियिमत सदस्य अनिल कुमार शाह युएई विरुद्ध हुने सिरिजको लागि प्रारम्भिक टोलीमै अटाएनन्। टिमको आवश्यकता अनुसार उनले ओपनिङ र विकेट किपिङ सम्हाल्दै आइरहेका थिए।

तर, युएई विरुद्ध जनवरी-फेब्रुअरीमा हुने ओडिआई र टी-२० इन्टरनेशनल सिरिजका लागि उनी २० सदस्यीय टोलीमा अटाएनन्।

खेलाडी छनोट समितिमा समेत रहेका राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले टिमको आवश्यकता र खेलाडीको प्रदर्शन हेरेर नै खेलाडी छनोट गरेको बताए।

जनवरी अन्तिम साता हुने युएई टुरमा नेपालले ३-३ खेलको ओडिआई र टी-२० सिरिज खेल्नेछ।

अनिल शाह टिममा नआटाएकोबारे टमाटाले पहिलोपोस्टसँग भने, 'हामीले खेलाडीको प्रदर्शन र टिममा के चाहिएको छ त्यो हेरेर तयार पारेका हौँ। त्यसमा अनिल अटाएनन्।'

सुनिल धमला पनि २० सदस्यीय टोलीमा किन परेनन् भन्ने प्रश्नमा उने भने, 'हामीले २० खेलाडीको स्क्वाड छानेका छौँ। त्यसमा टिमको आवश्यकता पहिलो अनि खेलाडीको प्रदर्शन दोस्रो, यी कुरा हेरेर नै तयार पारेका छौँ। ओडिआई र टी-२० दुवैलाई हेरेर नै खेलाडी छानेका हौँ।'

अनिल शाह

प्रारम्भीक सूचीमा युवा खेलाडीहरु भीम शार्की, पवन सराफ, सन्दीप जोरा, अभिनाश बोहराले स्थान बनाएका छन्। ती युवा खेलाडीले राम्रो प्रदर्शन गरेरको र भविष्यको टिममालाई हरेर पनि उनीहरुलाई अहिले टिममा राखेको टमाटाले बताए।

'योङ छन् उनीहरुले आफ्नो प्रदर्शन पनि दिएका छन्। आगामी दिनमा पनि नेपाली टिमलाई चाहिने खेलाडी हुन्। टी-२० मा पनि राम्रो प्रदर्शन गरिरहेका छन्,' उनले भने, 'उनीहरुसँग गर्न सक्छु भन्ने भावना छ र त्यो देखाइ पनि सकेका छन्। अर्को कुरा आगामी नेपाली टिमलाई पनि निश्चित रुपमा खेलाडी चाहिन्छ। बिस्तारै-बिस्तारै यसरी २-४ जना खेलाडीहरु डेपलोप गर्दै लैजाँदा पछि नेशनल टिम स्ट्रोङ हुन्छ।'

क्याम्पका लागि परेका सन्दीप जोरा र पवन सराफले ललितपुर प्याट्रिओट्सलाई इपीएल जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। यस्तै अभिनाशले उपविजेता भैरहवा ग्लाडिएटर्सबाट खेलेका थिए भने भीमले चितवन टाइगर्सबाट खेलेका थिए।

विकेट किपिङमा अप्सन छ

२० सदस्यीय टोलीमा नपरेका अनिल विकेट किपङ पनि गर्ने खेलाडी हुन्। यस्तै लामो समय राष्ट्रिय टोलीमा विकेटकिपिङ गरेका सुवास खकुरेल पनि अहिले टिममा छैनन्।

सुवासले चोटका कारण लामो समयपछि पहिलो ओडिआई टिममा कमब्याक गरे पनि राम्रो प्रदर्शन गर्न सकेनन्। यस्तै अनिल प्रारम्भीक सूचीमै नपरेपछि नेपालका लागि विकेट किपिङमा दुई खेलाडी मात्र छन्। ति दुई हिट खेलाडी हुन् विनोद भण्डारी र प्रदिप ऐरी। तर, दुवै खेलाडी रेगुलर विकेट किपर भने होइनन्। घरेलु क्रिकेटमा भने यी दुई खेलाडीले टी-२० लिगहरुमा विकेट किपिङ सम्हाल्दै आएका छन्।

प्रदिप र विनोद, फोटो : रमन शिवाकोटी

भर्खरै सम्पन्न एभरेष्ट प्रिमियर लिग इपीएलमा दुवै खेलाडीले उक्त काम गरेका थिए। यस्तै नेपालले आइसीसी वर्ल्ड टी-२० का लागि एसिया क्षेत्रको छनोट खेल्दा पनि यी दुई खेलाडी टिममा थिए। दुवैले ओपनिङ समेत गरेका थिए।

यी दुई खेलाडीबाट नै नेपाली टिमको लागि विकेट किपर छान्नुपर्छ। प्रशिक्षक टमाटाले प्रदिप पनि विकेटकिपरका लागि राम्रो अप्सन भएको बताए।

'क्याम्पमा हामी म्याचहरु खेल्छौँ। कसले कस्तो प्रदर्शन गर्छ। प्रदिप भरी पनि छ। उसले टी-२० मा राम्रो गरिराछ, एज अ ब्याट्सम्यान र विकेट किपिङमा पनि। त्यसरी हेर्ने हो भने एउटा ५० ओभर र एउटा टी-२० मा किपिङ गर्न सक्छन्,' टमाटाले भने, 'अब क्याम्प हुँदा म्याच, प्राक्टिसमा कस्तो गर्छ त्यो हिसाबमा हामी अगाडि बढ्छौं।'

हामीले दुवै टिमलाई नै ब्यालेन्स्ड हुने गरी यो टोलीको नाम तयार पारेका हौं।

५० ओभर र ओडिआईको लागि छुट्टै टिम

प्रशिक्षक टमाटाले दुई सिरिजकै लागि भनेर खेलाडी छनोट गरेको बताए। 'हामीले दुई फरक सिरिजका लागि भनेर २० जना सुरुमा राखेका छौँ। अब २० मा सबै जाँदैन। १७-१८ जना फाइनल हुन्छन् होला। त्यो आइसीसीले अप्रुभ गरेपछि थाहा हुन्छ,' उनले भने।

उनले ५० ओभर र २० ओभरका लागि एउटै टिम नहुने र केही खेलाडी फेरबदल हुने समेत जानकारी दिए।

'हामी ओडिआई र टी-२० का लागि फरक टिम बनाउँछौँ। एक-दुई खेलाडी फरक हुन्छन्। दुवै फर्म्याटको फाइनल टिममा हामी फरक खेलाडी देख्नेछौँ। यस पटक केही फरक हुन्छ।'

अन्तर्राष्ट्रिय क्रिकेटमा दुई देशले भिन्न फर्म्याटको सिरिज एकै पटक खेल्दा कुन फर्म्याटमा कुन खेलाडी फिट हुन्छ भने केही खेलाडी फरक-फरक राख्ने गरेको उदाहरण देखिसकेका उनले बताए। नेपाली टोलीमा पनि अब त्यो सिस्टम देख्न पाइने उनको दावी छ।

युएई विरुद्धको सिरिजका लागि २० सदस्यीय टोलीमा परेका सन्दीप जोरा र अभिनाश बोहरा

 

 

ओडिआई स्ट्याटस पाएपछि चुनौती थपिएको छ : प्रशिक्षक टमाटा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell