PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

बलिउड अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन



बलिउड अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन
फाइल फोटो: द लाइभ

बलिउडका चर्चित कलाकार कादर खानको मृत्यु भएको छ।

क्यानाडामा प्रोगेसिभ सुप्रान्यूकिल्यर प्लासी रोगको उपचार गरिरहेका ८१ वर्षीय खानको मृत्यु भएको उनको छोराले पुष्टि गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

उनका छोरा सरफराज खानले इन्डियन एक्सप्रेसलाई भने,'मेरो बुबाले आज हामीलाई छोडेर जानुभयो। उहाँ केही महिनादेखि अस्वस्थ हुनुहुन्थ्यो। हामीले सक्दो सबै प्रयास गर्‍यौं तर यसपटक सकेनौं। उहाँ एकदमै मायालु स्वभावका हुनुहुन्थ्यो।'

केही दिनदेखि कादर खानको मृत्यु भएको गलत खबर सामाजिक संजालमा फैलिएको थियो। तर, खानको परिवारले भने उनको मृत्यु नभएको जनाएको थियो। लगत्तै बलिउड कलाकारहरुले उनको स्वास्थ्य लाभको कामना गरेका थिए। 

'दो और दो पाँच,मुकदरका सिकन्दर, मिस्टर नटवरलाल, कुली' जस्ता सुपरहिट फिल्ममा खानले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले बलिउडका करिब ३०० चलचित्रमा अभिनय गरेका छन्। उनको मृत्युको खबर बाहिरिएपछि बलिउड कलाकारले संवेदना प्रकट गरिरहेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell