PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

जन्मदिनमा दीपिकाको गिफ्ट, गरिन् आफ्नै वेबसाइट लन्च



जन्मदिनमा दीपिकाको गिफ्ट, गरिन् आफ्नै वेबसाइट लन्च

दीपिका पादुकोणले शनिवार आफ्नो ३३ औं जन्मदिन मनाइन्।

करिब १० वर्षदेखि बलिउडमा काम गर्दै चर्चा पाएकी पादुकोणले आफ्ना 'फ्यान' हरुका लागि जन्मदिनको गिफ्टका रुपमा आफ्नै नामको वेबसाइट लन्च गरेकी छिन्।

 केही हप्ता अघिमात्रै रणवीर सिंहका साथ विवाहबन्धनमा बाँधिएकी दीपिकाले आफ्नो ट्वीटर र इन्स्टाग्राम एकाउन्टबाट वेबसाइट (डब्लुडब्लुडब्लु डट दीपिका पादुकोण डट कम) लन्च गरेको घोषणा गरेकी हुन्।

 

बेवसाइटमा दीपिकाको जीवन, उनको फिल्मी करियर र उनले पाएको अवार्डहरु लगायतका विषय बारे उल्लेख गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell