PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

कपिल शर्माले पाए दर्शकको साथ



कपिल शर्माले पाए दर्शकको साथ
फाइल फोटो: मसला न्यूज

२०१८ को अन्तिम हप्ता दुई भारतीय कमेडी कार्यक्रमहरु प्रसारण भए। कपिल शर्मा सोनीबाट आफ्नो 'द कपिल शर्मा शो' लिएर एक वर्षपछि सानो पर्दामा फर्के। यस्तै सुनिल ग्रोभर स्टार प्लसमा 'कानपुर वाले खुरानाज' लिएर आए।

कपिलको कार्यक्रम भन्दा अघि सुरुभएको 'कानपुर वाले खुरानाज' ले 'द कपिल शर्मा शो' लाई कडा टक्कर दिने विश्वास गरिएको थियो।

तर हालै सार्वजनिक भएको मिडिया रिपोर्टहरुका अनुसार सुनिलको कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिने सकेन। एकै समयमा प्रशारण हुने दुई कार्यक्रममध्ये कपिलको कार्यक्रमले धेरै टिआरपी पाएको बताइएको छ।

बलिउड लाइफले गरेको सर्वेक्षणमा ७८ प्रतिशत दर्शकहरुले 'द कपिल शर्मा शो' राम्रो रहेको बताएका थिए भने २२ प्रतिशतले मात्रै  'कानपुर वाले खुरानाज' रुचाएको बताएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell