PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

प्रधानमन्त्री ओलीको दाबी,‘महंगी घटेको छ, देश आर्थिक प्रगतितिर लम्किरहेको छ'



प्रधानमन्त्री ओलीको दाबी,‘महंगी घटेको छ, देश आर्थिक प्रगतितिर लम्किरहेको छ'

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महंगी घटेको दाबी गरेका छन्। उनले गत वर्षको तुलनामा यस वर्ष महंगी घटेको दाबी गरेका हुन्।

प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष ४ दशलम २ प्रतिशत महंगी थियो भने यस वर्ष ३ दशमल ७ प्रतिशतमात्र रहेको बताए।

ओलीले यस वर्ष आर्थिक बृद्धि दर ८ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको दाबी गरेका छन्।

राजश्व शंकलनमा ३२ प्रतिशतले बृद्धि भएको बताउँदै प्रधानमन्त्री ओलीले चालु सरकारी खर्च ३४ बाट १४ प्रतिशतमा झरेको जानकारी दिए। 
कुल वैदेशिक सहयता १६२ दशलम ७२ प्रतिशतले बृद्धि भएको प्रधानमन्त्रीले जनाएका छन्। प्रधानमन्त्रीको सम्बोधन जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell