PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

सभामुखप्रति मिनेन्द्र रिजालको आक्रोश, 'संसदको प्रश्न नसुने बालुवाटारमा सम्बोधन गरे भै'गो नि'



सभामुखप्रति मिनेन्द्र रिजालको आक्रोश, 'संसदको प्रश्न नसुने बालुवाटारमा सम्बोधन गरे भै'गो नि'

काठमाडौं: नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सभामुख संसदप्रति जिम्मेवारी नदेखिएको टिप्पणी गरेका छन्।

आजको प्रतिनिधि सभामा सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न नदिएपछि कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्न पुगेका थिए।

कांग्रेस सांसदहरुले प्रधानमन्त्री ओलीसँग प्रश्नका लागि सभामुख कृष्णबहादुर महरासँग समय माग गरेका थिए। तर सभामुख महराले समय दिन इन्कार गरे।

पहिलोपोस्टसँग कुराकानी गर्दै कांग्रेस सांसद रिजालले भने,‘संसदको अनुहार सभामुखमा देखिने हो तर सभामुख संसदप्रति जिम्मेवार देखिनु भएन।’
‘नियमावली २१९ को प्रक्रिया प्रारम्भ भयो त्यहाँ प्रश्न गर्न पाइन्छ हामीले सभामुखकै विवेकले प्रश्न गर्न पाउनु पर्ने हो’ रिजालले भने,‘तर उहाँले संसदप्रति उत्तरदायित्व देखाउनु भएन।’

सांसद रिजालले प्रधानमन्त्री ओलीले संसद छल्ने प्रयास गरेको र त्यसमा सभामुखले साथ दिएको आरोपसमेत लगाए‘प्रधानमन्त्रीले संसद छल्ने प्रयास लोकतन्त्र विरोधी हो। संसदमा उठेको प्रश्नको जवाफ नदिने हो भने बालुवाटारमा सम्बोधन गरे भै'गो नि, टिभीमा अन्तर्वार्ता दिए भइगो नि संसदमा किन बोल्नु पर्‍यो,’ रिजालको प्रश्न थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell