PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गोल्डेन ग्लोब्स अवार्ड : ‘बोहिमियन रप्सोडी’ सरप्राइज विनर



गोल्डेन ग्लोब्स अवार्ड : ‘बोहिमियन रप्सोडी’ सरप्राइज विनर
फोटो: रोयटर्स

यसपटकको गोल्डेन ग्लोब्स अवार्डमा ‘बोहिमियन रप्सोडी’ ले उत्कृष्ट चलचित्रको उपाधी प्राप्त गरेको छ। 

बेलायती रक ब्यान्ड ‘क्वीन’का लिड भोकलिस्ट फ्रेडी मर्क्युरीको जीवनीमा आधारित ‘बोहिमियन रप्सोडी’ यसपटक सरप्राइज विनर भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। फ्रेडी मर्करीको भूमिका निर्वाह गरेका रकी मलिकले उत्कृष्ट नायकको अर्वाड जित्न सफल भए। 

धेरै चर्चामा रहेको र पाँचवटा अवार्डका लागि मनोनयनमा परेको फिल्म 'अ स्टार इज बर्न' ले भने एउटा अवार्डमात्र प्राप्त गर्न सफल रह्‍यो। उसले 'सहयालो'का लागि उत्कृष्ट संगीतको उपाधी हासिल गर्‍यो। 

ग्रीन बुकले उत्कृष्ट सांगीतिक वा कमेडी, उत्कृष्ट सह- नायक र उत्कृष्ट पटकथामा गरी तीनवटा अवार्ड हासिल गर्‍यो।

अर्को महिना हुने ओस्कार अवार्ड पूर्व आयोजना हुने गोल्डेन ग्लोब्स अवार्डलाई हलिउडमा निकै महत्वपूर्ण अवार्ड मानिन्छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell