PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

रणवीर सिंह र आलिया भट्टको फिल्म 'गली ब्वाइ' को ट्रेलर सार्वजनिक



रणवीर सिंह र आलिया भट्टको फिल्म 'गली ब्वाइ' को ट्रेलर सार्वजनिक

बलिउड कलाकार रणवीर सिंह र आलिया भट्ट  अभिनित चलचित्र 'गली ब्वाइ' को ट्रेलर सार्वजनिक भएको छ। 

ट्रेलर रिलिजमा कार्यक्रममा रणवीर र आलियासँगै फिल्मका निर्देशक, निर्माताको उपस्थिति थियो। केही दिअघि रणवीरले र्‍याप गरिरहेको सानो ट्रेलर रिजिल गरिएको थियो।

मुम्बईका अन्डरग्राउन्ड र्‍यापर डिभाइन र नेजीको जीवन र संघर्षको कथामा सो फिल्म आधारित रहेको बताइएको छ। डिभाइनको गीत ' मेरे गली मे' बाट प्रभावित हुँदै फिल्मको नाम 'गली ब्वाइ' राखिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

संगीतको माध्यमबाट रुखो शब्दहरुसहित आफ्ना भावहरु व्यक्त गर्ने एक युवकको भूमिकामा रणवीर देखिने बताइएको छ। 

 

फिल्मलाई जोया अख्तरले निर्देशन गरेकी हुन्।

रणवीर र आलियाका यसअघिका फिल्महरुले राम्रो व्यापार गर्न सफल भएको थियो। रणवीरको 'सिम्बा' अहिले पनि थिएटरमा प्रदर्शनको क्रममा रहेको छ भने आलियाको 'राजी' लाई दर्शक र समालोचकहरुले राम्रो ठहर गरेका थिए। 

गली ब्वाइ फ्रेबुअरी १४ मा प्रदशर्न हुने बताइएको छ। यद्यपी, प्रदर्शन हुनपूर्व सो चलचित्रलाई बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर गरिने जनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell