
काठमाडौँ: विवेकशील साझा पार्टी फुटेको छ। पार्टीका एक संयोजक रहेका उज्वल थापाले शुक्रवार नै निर्वाचन आयोग पुगेर नयाँ दलको लागि निवेदन दिएका छन्।
केन्द्रीय सदस्य मध्ये १६ जनाले निर्वाचन आयोग पुगेर निवेदन दिएको एक केन्द्रीय सदस्य डा अनुसा थापाले जानकारी दिइन्।
संयोजक थापा केन्द्रीय सदस्य रञ्जु दर्शना, मिलन पाण्डे, रमेश पौड्यालसहित आयोग पुगेर दल दर्ताका लागि निवेदन दर्ता गरेका हुन्।