PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भनेजुएलाका विपक्षी नेताले आफूलाई 'अन्तरिम राष्ट्रपति' घोषणा, अमेरिकाको समर्थन



भनेजुएलाका विपक्षी नेताले आफूलाई 'अन्तरिम राष्ट्रपति' घोषणा, अमेरिकाको समर्थन
फोटो : गेट्टी ईमेज

कराकस: भेनेजुएलाका विपक्षी दलका नेता जुआन गुएइदोले आफूलाई 'अन्तरिम राष्ट्रपति' घोषणा गरेका छन्। उनले आफूलाई राष्ट्रपति घोषणा गरे लगत्तै अमेरिकाले उनलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएको छ।

यस्तै दक्षिण अमेरिकी राष्ट्रहरु ब्राजिल,कोलम्बीया र पेरुले समेत गुएइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएको बीबीसीले उल्लेख गरेको छ।

वर्षौंदेखि आर्थिक संकटले गुज्रिरहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोविरुद्ध केही सातादेखि भइरहेको जनप्रदर्शनका बीच गुएइदोको यस्तो घोषणा आएको हो।

तर वर्तमान राष्ट्रपति मडुरोले भने अमेरिका र लगायत अरु राष्ट्रहरुको उक्त कदमको विरोध गरेका छन्।

सेनाको साथ रहेका मडुरोले अमेरिकासँग कुटनीतिक सम्बन्ध समाप्त पार्दै २४ घन्टाभित्र ती देशका कुटनीतिज्ञहरुलाई भेनेजुएला छोड्न आदेश दिएका छन्। उनले भेनेजुएलाको आन्तिरक मामिलामा कुनै विदेशी शक्तिको हस्तक्षेप अस्वीकार्य रहेको बताएका छन्।

यता, अमेरिकी उपराष्ट्रपति माइक पेन्सेले गुएइदोलाई नेताको मान्यता दिएको ट्वीटलाई 'रि ट्वीट' गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले मडुरोको कार्यकालमा भेनेजुएलाका जनताले धेरै दुख बेहोरेको भन्दै गुएइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएको बताएका छन्।

 

भेनेजुएलाका चर्चित विद्यार्थी नेता जुआन गुएइदोले मडुरोका कटु आलोचक मानिन्छन्। ह्युगो चाबेजले मडुरोलाई उत्तराधिकारी बनाउँदा जुआनले चर्को विरोध गरेका थिए।

घोषणा लगत्तै मडुरोको समर्थनमा समेत प्रदशर्न भइरहेको बताइएको छ। यद्यपि मडुरोको समर्थनमा निकै कम मानिसहरु सडकमा ओर्लिएको बताइएको छ।

भेनेजुएलाका राष्ट्रिय सभाका सभामुख समेत रहेका गुएइदोले सेनालाई मडुरोको साथ नदिन आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell