PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

नेपाली दृष्टिविहिन महिला क्रिकेट टोली पाकिस्तानमा, लक्ष्य आयोजकलाई हराउने



गोविन्दराज नेपाल

नेपाली दृष्टिविहिन महिला क्रिकेट टोली पाकिस्तानमा, लक्ष्य आयोजकलाई हराउने

लाहोर: पहिलो अन्तर्राष्ट्रिय दृष्टिविहिन क्रिकेट सिरिज खेल्न नेपाली दृष्टिविहिन महिला क्रिकेट टोली पाकिस्तान पुगेको छ। पाकिस्तानको दृष्टिविहिन महिला क्रिकेट टोलीसँग पाँच टि २० खेल खेल्न आज लाहोर पुगेको हो।

दुई टोलीबीच पहिलो खेल मंगलबार लाहोरमा हुनेछ।

नेपाली टोलीकी कप्तान भगवती भट्टराईले पाकिस्तानले नै हामीलाई यो क्रिकेट सिकाएको भन्दै उनले पहिलो प्रतियोगीका लागि पाकिस्तान नै आउँन पाउँदा आफूलाई निकै खुशी लागेको बताइन्।

उनले भनिन्, 'यो हाम्रो लागि एक खेलमात्रै होइन। हामीले नेपालमा राम्रो प्रशिक्षण गरेका छौं। हाम्रा खेलाडीहरु तयार छन्। पाकिस्तानलाई पराजित गर्नेमा हामी आशावादी छौं।'

यता पाकिस्तानी कप्तान रबिय शेहज्यादीले पनि उनीहरु नेपाललाई पाकिस्तानमा स्वागत गर्दै आफूहरु यो सिरिजका लागि तयार रहेको बताएकी छिन्।

उनले पाकिस्तान दृष्टिविहिन क्रिकेट काउन्सिलका अध्यक्ष सुल्तान साहले पहिलोपटक हुन गइरहेको महिला दृष्टिविहिन क्रिकेट सिरिज आयोजना गर्न पाउँदा खुशी लागेको बताइन्। यो सिरिजका कारण विश्वको ध्यान आकर्षित गरेको भन्दै उनले भारत, इंग्लयान्ड र वेस्ट इन्डिजले समेत महिला दृष्टिविहिन क्रिकेट टोली बनाउन सुरु गरेको बताए।

सुल्तानले भावी दिनमा यस्ता प्रतियोगिताहरु संचालन हुनेमा आशा व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell