PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

दोस्रो ओडिआई सिरिज: नेपाललाई युएईविरुद्ध जित्ने अवसर



गोविन्दराज नेपाल

दोस्रो ओडिआई सिरिज: नेपाललाई युएईविरुद्ध जित्ने अवसर
फाइल फोटो

काठमाडौं: नेपालले आफ्नो दोस्रो ओडिआई सिरिजको अन्तिम खेल सोमवार खेल्दैछ। युएईसँग उसैको मैदानमा ३ खेलको सिरिजमा यसअघिका दुई खेलमा मिश्रित नतिजा निकालेको नेपालसामु अन्तिम खेल जित्दै सिरिज जित्ने अवसर छ।

सीधा भन्ने हो भने युएईलाई तेस्रो ओडिआईमा हराएमा त्यो नेपालको पहिलो ओडिआई सिरिज जित हुनेछ।

गत मार्चमा जिम्बावेमा भएको वर्ल्डकप क्वालिफायरपछि चार वर्षको लागि अस्थायी ओडिआई मान्यता पाएको नेपालले यसअघि एकमात्र ओडिआई सिरिज नेदरल्याण्ड्ससँग खेलेको थियो। दुई खेलको उक्त सिरिज १-१ को बराबरीमा सकिएको थियो। पहिलो खेल हारेपनि नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्समाथि १ रनको रोमाञ्चक जित हात पार्दै ओडिआईमा पहिलो जित हात पारेको थियो।

अहिले नेपालसामु युएईलाई हराउँदै ओडिआई सिरिज जित्ने राष्ट्र बन्ने अवसर छ।

पहिलो खेलमा युएईसँग ३ विकेटले पराजित भएपनि दोस्रो खेलमा युवा खेलाडीहरुले शानदार प्रदर्शन गर्दा नेपालले १४५ रनको फराकिलो जित हात पारेको थियो। २४३ रनको लक्ष्य पछ्याएको युएईलाई नेपालले १९.३ ओभरमै ९७ रनमै अलआउट गरेको थियो।

जसमा सोमपाल कामीले ५ र सन्दीप लामिछानेले ४ विकेट लिएका थिए। सोमपाल नेपालको लागि ओडिआईमा एकै खेलमा ५ विकेट लिने पहिलो  खेलाडि समेत बने। नेपालले अहिलेसम्म ५ ओडिआई खेल खेल्दा सन्दीपको नाममा सर्वाधिक १६ र सोमपालको नाममा १४ विकेट छ।

त्यसअघि युवा खेलाडी रोहित कुमार पौडेलली कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले सम्मानजनक स्कोर बनाएको थियो। युएई विरुद्ध ५८ बलमा ५५ रन बनाएका रोहित सबैभन्दा कम उमेरमा ओडिआईमा अर्धशतक प्रहार गर्ने खेलाडी बने। उनले यसका लागि भारतीय मास्टर ब्लास्टर सचिन तेन्दुलकर र पाकिस्तानका शाहिद अफ्रिदिलाई पछि पारे।

पहिलो खेलमा प्लेंइङ ११ मा नपेका रोहित दोस्रो खेलमा बसन्त रेग्मीको स्थानमा खेलेका थिए। सातौँ नम्वरमा ब्याटिङ गरेपनि रोहितले आक्रमक खेल्दै अर्त्रशतक प्रहार गरेका थिए।
रोहित र आरिफ शेखले सातौँ विकेटका लागि गरेको ८२ रनको साझेदारी नेपालको लागि ओडिआईमा कुनै पिन विकेटका लागि सर्वाधिक साझेदारि थियो। यस्तै पहिलो विकेटका लागि ज्ञानेन्द्र  मल्ल र वनोद भण्डारीले पनि अर्धशतकिय साझेदारी गरेका थिए।

पहिलो खेलमा ब्याटिङ फ्लप हुँदा दोस्रो खेलमा नेपालले ब्याटिङमै सुधार गर्दै उत्कृष्ट बलिड्ड गरेर खेल जित्यो।

पहिलो खेलमा पनि नेपालले उत्कृष्ट बलिङ गरेको थियो। ११३ रनको डिफेण्ड गर्ने क्रममा युएईले ७३ रन बनाउदा ७ विकेट झारेपनि आमिर हायत र इमरान हैदरले आठा विकेटका लागि ४२ रनको साझेदारी गरेपछि नेपाल अप्रत्यासित जितबाट बन्चित बनेको थियो।

दवस्रो ओडिआ२मा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा सुधार गरेको थियो।

अब एक दिनको विश्रामपछि तेस्रो खेल हुँदैछ र उक्त खेल जित्ने टिमले ३ खेलको ओडिआई सिरिज जित्नेछ।

दोस्रो खेल जितेपछि नेपालको आत्मबलसमेत उच्च बनेको छ।

नेपाल र युएईबीच ३ ओडिआई भइसक्कदा नेपाललर् एक मात्र जितेको छ। अब अन्तिम ओडिआई जितेमा नेपालले ओडिआईमा युएईसँग २ खेल जित्नेछ। एसिया कप छनोटमा भएको खेलमा नेपाल युएईसँग पराजित भएको थियो। 

ओडिआईपछि नेपाल र युएईबीच ३ खेलकै टी २० आई सिरिज पनि हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell