PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेत्रहीन महिला क्रिकेट सिरिज : नेपाली टोली फैसलावादमा



गोविन्दराज नेपाल

नेत्रहीन महिला क्रिकेट सिरिज : नेपाली टोली फैसलावादमा

फैसलावाद (पाकिस्तान) : पाकिस्तान र नेपालबीच भइरहेको पहिलो अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलको लागि नेपाली टोली फैसलावाद आइपुगेको छ।

नेपाली टोली आजै लाहोरबाट फैसावाद आएको हो। लाहोरमा मंगलवार भएको पहिलो खेल नेपालले १० विकेटले जितेको थियो

आजै पाकिस्तानी टोली पनि फैसलावाद आइपुगेको छ।

नेपाल र पाकिस्तानबीचको दोस्रो खेल बिहीवार फैसवादस्थित इकवाल स्टेडियममा हुनेछ। खेल टी-२० फर्म्याटमा हुनेछ। नेपालले फैसलावाद आउनुअघि लाहोरमा आज बिहान १ घण्टा अभ्यास गरेको थियो।

लाहोरस्थित किन्नर्ड कलेज फर वुमन्स युनिभर्सिटीमा पहिलो खेल सहजै जितेको नेपाली टोली बाँकि खेल जित्दै नेत्रहीन महिला क्रिकेटको ऐतिहासिक सिरिज जित्ने योजनामा छ।

नेपाली टिमका कप्तान भगवती भट्टराई र पाकिस्तानी टिमका कप्तान रबिअ शेहजादीले फैसलावादमा रहेको फैसलावाद युनिभर्सिटीको स्पोर्ट्स फेस्टिभलको संयुक्त रुपमा उद्घाटन गरेका थिए।

नेपाल र पाकिस्तानबीच तेस्रो खेल शुक्रवार फैसलावदस्थित डिभिजन पब्लिक स्कुल ग्राउण्डमा हुनेछ। फैसलावदमा दुई खेलपछि दुवै टोली अन्तिम दुई खेलका लागि इस्लामावाद जानेछन्।

यस्तै चौथो र पाँचौ खेल भने इस्लामावादस्थित शालिमार क्रिकेट स्टेडियम एफ-६ मा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell