PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

महिला नेत्रहीन क्रिकेट सिरिज : नेपाल र पाकिस्तानबीचको दोस्रो खेल वर्षाको कारण रद्ध



गोविन्दराज नेपाल

महिला नेत्रहीन क्रिकेट सिरिज : नेपाल र पाकिस्तानबीचको दोस्रो खेल वर्षाको कारण रद्ध

फैसलावाद (पाकिस्तान) : अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज अन्तर्गत नेपाल र पाकिस्तानबीचको दोस्रो खेल वर्षाको कारण रद्ध भएको छ।

नेपाल र पाकिस्तान महिला नेत्रहीन क्रिकेट टिमबीचको दोस्रो खेल आज फैसलावादमा हुने तय भएपनि निरन्तर वर्षाका कारण खेल हुन नसकेको हो।

फैसलावादस्थित एकवाल स्टेडियममा वर्षाका कारण खेल्न लायक छैन। अम्पायर र म्याच रेफ्रीले स्थानिय समयअनुसार साढे ११ बजे स्टेडियमको निरिक्षण गरेपछि खेल रद्ध गर्ने निर्णय भएको हो। निरन्तरको वर्षाका कारण टस समेत हुन सकेन।

आज पाकिस्तानका अन्य शहरमा पनि निरन्तर वर्षा भइरहेको छ।

लाहोरमा भएको पहिलो खेल नेपालले १० विकेटले जितेको थियो। तेस्रो खेल फैसलावादमै शुक्रवार हुनेछ। त्यसपछि नेपाली टोली शनिवार इस्लामावाद जानेछ। इस्लामावादमा आइतवार र सोमवार चौथो र पाँचौ खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell