काठमाडौं: प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि तीन संशोधन प्रस्ताव दर्ता भएका छन्।
राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयक टेबल भएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज १२ बजेसम्मका लागि संशोधन प्रस्ताव माग गरेका थिए।
संशोधन प्रस्ताव पहिलो नम्बरमा राजपाका सांसद वृजेश चन्द्र लाल, दोस्रो नम्बरमा कांग्रेसका सांसद राधेश्याम अधिकारी र तेस्रो नम्बरमा कांग्रेसका सांसदहरु सरिता प्रसाइ, प्रकाश पन्थ र बद्री पाण्डेको दर्ता भएका छन्।
अन्य जेसुकै लेखिएको भएता पनि आइन्दा एक विश्वविद्यालयले ५ भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन। यसअघि सम्बन्धन दिइसकेको चिकित्सा शिक्षण संस्थामा यो प्रावधान लागू हुने छैन। काठमाडौँ बाहिरका शिक्षण संस्थाको हकमा आयोगले नीति निर्माण गरी निर्णय गरेबमोजिम हुनेछ’ थप्ने प्रस्ताव सांसदहरुले गरेका छन।
सिटिइभिटी अन्तर्गतका प्रवीणता प्रमाणपत्र तह (पिसिएल) मुनिका कार्यक्रमलाई ५ वर्षभित्र हटाउने 'फेज आउट' कुरा पनि संशोधनमा रहेको छ। त्यस्तै घाइते योद्धहरुको परिवार भन्ने शब्दपछि अपाङ्गता भएका व्यक्तिको परिवार भन्ने शब्दसमेत थप्न माग गरेका छन।
यी तीनवटै बुँदा तोडमोड गरेर प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ। डा गोबिन्द केसी २३ दिनदेखि यीनै माग राखेर अनशनरत छन्।
यस्ता छन् संशोधन प्रस्ताव गरिएका बुँदाहरु
.jpg)
.jpg)
