PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

डा केसीलाई अनशन तोड्न आग्रह गर्दै देउवाले भने, 'सरकारले माग पुरा गरेन भनेर आफ्नो ज्यान नफाल्नुस्'



डा केसीलाई अनशन तोड्न आग्रह गर्दै देउवाले भने, 'सरकारले माग पुरा गरेन भनेर आफ्नो ज्यान नफाल्नुस्'

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीलाई भेटेका छन्। २३ दिनदेखि अनशनरत डाक्टर केसीलाई आज भेटी देउवाले अनशन तोड्न आग्रह गरेका छन्। देउवाले भने, 'सरकारले तपाइको माग पुरा गरेन भनेर ज्यान नफाल्नस् अहिलेलाई आफ्नो जीवनरक्षा गर्नुस्।' 

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले डाक्टर केसीको स्वास्थ्य अवस्थाको जानकारी लिएपछि आफ्नो जीवनरक्षा गर्न आग्रह गरेका हुन्। राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विेधेयक पारित भए लगत्तै देउवालगायत काँग्रेस नेताहरु केसीको अनशनस्थल शिक्षण अस्पताल पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell