PahiloPost

May 28, 2023 | १४ जेठ २०८०

यी ८ कम्पनीका औषधि बिक्रीमा रोक, सिटामोलदेखि आइरन क्याप्सलसम्म गुणस्तरहीन



यी ८ कम्पनीका औषधि बिक्रीमा रोक, सिटामोलदेखि आइरन क्याप्सलसम्म गुणस्तरहीन

काठमाडौं: औषधिको गुणस्तर न्युन रहेको भन्दै नेपाल औषधि व्यवस्था विभागले केही कम्पनीको औषधि बिक्रीमा रोक लगाएको छ। क्युरेक्स फर्मास्युटिकल्स नेपालको ‘पोभिन’ नामको औषधिका ७ वटा ब्याच गुणस्तरहीन फेला परेका छन्।

यो अरु कम्पनीको भन्दा धेरै हो।

त्यस्तै लेबन ल्याब्रोटोरिज प्रालि इन्डियाको ‘जाइलो–पी’, ओम फर्मास्युटिकल्स नेपालको ‘लोटेम्प’ नाम औषधिका तीन ब्याच गुस्तरहीन रहेको विभागले जनाएको छ।

केमी ड्रग इन्ड्रस्टिज प्रालिको ‘पोला’ र सुमी फर्मास्युटिकल्सको ‘मेगाफल’ पनि न्युन गुणस्तरका भेटिएका हुन्। विभागले यी औषधि प्रयोग र बिक्रीवितरण नगर्न भनेको छ।

 

यसैगरी विभागले आर्या फर्मास्युटिकल्सको ‘मुपिर ओइनमेन्ट’लाई बजारबाट फिर्ता लिनु भनेको छ। केमीड्रगको फर्मास्युटिकल्सको 'पोलार' पारासिटामोल पनि गुणस्तहिन फेला परेको छ।

 

बिक्री वितरण गर्न नगर्न भनिएका ६ कम्पनीका औषधि पारासिटामोल छ भने एउटा कम्पनीको आइरन क्याप्सुल छ। र एउटा कम्पनिको छालाको ओइनमेन्ट छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell