PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

महिला नेत्रहीन क्रिकेट सिरिज : मैदान भिजेका कारण तेस्रो टी २० खेल पनि हुन सकेन, शनिवारलाई सारियो



गोविन्दराज नेपाल

महिला नेत्रहीन क्रिकेट सिरिज : मैदान भिजेका कारण तेस्रो टी २० खेल पनि हुन सकेन, शनिवारलाई सारियो

इस्लामावाद (पाकिस्तान) : नेपाल र पाकिस्तानबीच भइरहेको पहिलो अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिज अन्तर्गत तेस्रो टी २० खेल पनि वर्षाका कारण प्रभावित भएको छ।

बिहीवार फैसलावादमा निरन्तर वर्षा भएपछि इकवाल स्टेडियममा हुने भनिएको दोस्रो टी-२० खेल रद्द भएको थियो। फैसलावादमै शुक्रवारको लागि तय भएको तेस्रो खेल भने मैदान भिजेर पानि जमेका कारण हुन नसकेको हो। फैसलावादस्थित डिपीएस क्रिकेट ग्राउण्डमा शुक्रवार हुने भनिएको खेल शनिवारको लागि सारिएको छ।

उक्त खेल अब इस्लामावादमा हुनेछ। त्यस खेलमा लागि नेपाल र पाकिस्तानको नेत्रहीन महिला क्रिकेट टोली शुक्रवार बेलुका इस्लामावाद आइपुगेको छ।

लाहोरमा भएको पहिलो टी २० नेपालले १० विकेटले जितेको थियो। यस्तै चौथो र पाँचौ टी २० खेलहरु पनि इस्लामावादमै हुनेछ।

पाँच खेलको सिरिजपछि नेपाली टोली बुधवार काठमाडौँ फर्कनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell