PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मनकेसी चौधरीको अर्धशतक सहित नेत्रहीन महिला क्रिकेटमा पाकिस्तानविरुद्ध १० विकेटको जित



गोविन्दराज नेपाल

मनकेसी चौधरीको अर्धशतक सहित नेत्रहीन महिला क्रिकेटमा पाकिस्तानविरुद्ध १० विकेटको जित

रावलपिन्डी : नेपाल र पाकिस्तानबीच भइरहेको पहिलो अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिज अन्तर्गत तेस्रो टी २० खेलमा नेपालले १० विकेटको जित हासिल गरेको छ। जितसँगै नेपालले ५ खेलको सिरिजमा २-० ले अग्रता बनाएको छ।

पाकिस्तानको रावलपिन्डीस्थित भिएनसी कलेज ग्राउन्डमा भएको म्याचमा पाकिस्तानले टस जित्दै ब्याटिङ रोजेको थियो। २० ओभर पूरै खेलेर ६ विकेट गुमाउँदै पाकिस्तानले १ सय २ रन बनायो। 

१ सय ३ रनको लक्ष्य लिएको नेपालले ७.३ ओभरमा विना कुनै विकेट नोक्सानी लक्ष्य पूरा गर्यो।। मनकेसी चौधरीले सर्वाधिक ५८ रन जोडिन्। 


मनकेसी महिला अन्तर्राष्ट्रिय ब्लाइन्ड क्रिकेट प्रतियोगितामा अर्ध सतक स्कोर गर्ने पहिलो क्रिकेटर बनेकी छिन्। २५ बल खलेकी उनले १० चौका प्रहर गरेकी थिइन्। त्यस्तै विनिता पुनले ३४ रन बनाइन्। ५ चौका प्रहार गरेकी उनले २४ बल सामना गरेकी थिइन्।    

पाकिस्तानका ओपनर तैयवा फातिमाले २७ रन जोडिन्। 

क्याप्टेन भगवती भट्टराई र मुना अर्यालले एक/एक विकेट लिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell